छुवाछुतविरुद्धको सन्देश दिने ‘निरमाया’ पोस्टर तथा टिजर रिलिज

छुवाछुतविरुद्धको सन्देश दिने ‘निरमाया’ पोस्टर तथा टिजर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – सिनेमा ‘निरमाया’को पोस्टर र टिजर सार्वजनिक गरिएको छ । मदानी मुभिज र पदम विश्वकर्मा साहित्य प्रतिष्ठानले सिनेमा निर्माणमा सहकार्य गरेका छन । सिनेमाले नेपाली समाजमा जरो गाडेर बसेको जातीय विभेदको विषयवस्तुलाई उठाएको छ ।

अनन्त तिमल्सिनाको प्रस्तुति रहेको सिनेमालाई रमेश कोइरालाले निर्देशन गरेका हुन् । महेश तिमल्सिना कार्यकारी निर्माता रहेको सिनेमाका निर्माता रोजा तिमल्सिना र रमेश दाहाल हुन् । विकास बोर्ड र ग्लोबल फोरम अगेन्स्ट कास्ट बेस्ड डिस्क्रिमिनेसन नामक संस्थाको समेत सहकार्य रहेको सिनेमालाई सोसल ड्रामा जनरामा राखिएको छ ।

एक मिनेट ४५ सेकेन्ड लामो टिजरले कथामार्फत जातीय छुवाछुतविरुद्धको सन्देश दिन्छ । सिनेमामा रमेश बुढाथोकी, लय संग्रौला, जेएन घिमिरे, जेबी डिसी, अजित लामिछाने, प्रतिषा रिजाल, सम्रिद्दी पौडेल, रमेश अधिकारि, गोपाल ढकाल, रामबाबु रेग्मी लगाएतका कलाकारको मुख्य भूमिका रहेको छ । सिनेमामा राम कुमार केसीको कथा र अजित लामिछानेको लेखन रहेको छ ।

रवी कोइराला र जीवन पराजुलीले छायाँकन गरेको सिनेमाको सम्पादन उत्तर राना मगर र तारा थापा किम्भेले गरेका हुन् । सिनेमामा कविराज गहतराजको कोरियोग्राफी, अशोक खड्काको द्वन्द निर्देशन, कमल अधिकारी, रिमेश कुमारको संगीत रहेको छ । बिनयराज पौडेल मुख्य सहायक निर्देशन रहेको सिनेमाको छायाँकन सिन्धुली, काभ्रे र रामेछापमा गरिएको हो ।