द सिनेमा टाइम्स काठमाडौं –पुस २९ गते रिलिज हुने तिम्रो मेरो साथसिनेमाले आफ्नो पहिलो गीत रिलिज गरेको छ।सिनेमाले तिहारलाई लक्षित गर्दै रूमालै बाटेर टाई बनामबोलको गीत रिलिज गरेको हो। लोक शैलीको यो गीत सुभाष भुसालको संगीतमा तयार भएको हो।
गीतमा जगदि समाल र मेलिना राईको युगल स्वर रहेको छ। रामजी लामिछाने कोरियोग्राफी रहेको गीतलाई शिव ढकालले खिचेका हुन्।गीतमा सिनेमाका प्रमूख कलाकार पुष्प खड्का, साम्राज्ञी राज्य लक्ष्मी शाह तथा सन्दीप क्षेत्रीको नृत्य देख्न सकिन्छ।
सिनेमाका निर्देशक रमेश एमके पौडेलको डेब्यू सिनेमा हो। पौडेल यसअघि राज्जा रानी तथा रूद्रप्रिया जस्ता सिनेमाका निर्माता हुन्। आर्यन फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा पासाङ लामा, निरू भण्डारी,अशोक पोख्रेल, सुमन पौडेल तथा सुमित पराजुलीको सह-निर्माता रहेका छन्।यसैगरी निर्देशक सबिर श्रेष्ठ सिनेमाका कार्यकारी निर्माता हुन्।कार्यकारी निर्माता श्रेष्ठ सिनेमाका लेखकसमेत हुन्। उनलाई लेखनमा बाबुराम निरौलाले साथ दिएका छन्। सिनेमामा पुष्प, साम्राज्ञी तथा सन्दिपका अलावा इमीली लामा, दिपिशा केसी,
प्रतिक्रिया