द सिनेमा टाइम्स काठमाडौं –‘प्रेम गीत–३’ले बूढानीलकण्ठस्थित बालगृह महासंघ पुगेर सफलताको खुसी साटेको छ । बालगृहमा रहेका ५५ जना बालबालिकासँग सिनेमाको सफलताको खुसी साटेर मनाइएको निर्माता सन्तोष सेनले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएका छन् । “नेपाली सिनेमा लाई संसारभरका दर्शकसम्म पुर्याउन महत्वकांक्षी योजनामा सफल र दर्शकबाट पाएको उच्च सफलताको खुशी मनाउँदा सबै दुःख र संघर्षका दिन भुलेका छौँ,” सन्तोष भन्छन्, “सिनेमा सफल भएसँगै यो सफलताको सेलिब्रेट हामीले यसपटक फरक किसिमले फरक स्थान र व्यक्तिहरुमाँझ खुसी साटेर मनाएका छौँ ।”
बूढानीलकण्ठमा रहेको बालगृह महासंघमा रहेका ५५ जना बालबालिकाहरुसँग खानपिन, देउसीभैलो तथा दिपावलीको शुभकामना आदानप्रदान गरेर सफलताको खुसी साटेको उनले जानकारी दिए । “यही खुसीको अवसरमा हामीले बालगृहमा बस्दै आएका सम्पूर्ण बालबालिकाको एक वर्षसम्म लाग्ने स्कुल फि, लत्ताकपडा, सिरक तथा डसना चाहिने सामग्री प्रदान गर्दै बालबालिकासँग प्रेम गीत–३ टिमले भोज गरेको छ,” सन्तोष भन्छन्, “यो उत्सव कुनै फाइभस्टार होटलको भन्दा कम महसुस थिएन । बालगृह महासंघको भवन जिर्ण अवस्थामा थियो । हाम्रो टिमले घरलाई मर्मत सम्भार गरेर रङरोगन गरेर उज्ज्यालो पार्दै गर्दा छुट्टै किसिमको खुसी प्राप्त भएको थियो ।”
प्रतिक्रिया