जातीय विभेदविरुद्धको सन्देश दिने ‘निरमाया’ गीत ‘मायाको रङ हुँदैन’

जातीय विभेदविरुद्धको सन्देश दिने ‘निरमाया’ गीत ‘मायाको रङ हुँदैन’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘निरमाया’को पहिलो गीत सार्वजनिक भएको छ । जातीय छुवाछुतको कथामा निर्माण भएको सिनेमाको गीत ‘मायाको रङ हुँदैन’ शुक्रबार इन्टरनेटमा रिलिज गरिएको हो ।

परिवर्तन आफैंबाट सुरु गरौँ समाज स्वत बदलिन्छ भन्ने सन्देश दिने सिनेमाको गीतमा धर्मेन्द्र सेवान र रेखा शाहको स्वर तथा उत्तम भेटुवालको शब्द रचना रहेको गीतमा रिमेश कुमारको संगीत छ । सार्वजनिक गीतमा अभिनेता जेबी डिसी, अजित लामिछाने, प्रतिषा रिजाल र समृद्दि पौडेल फिचर्ड छन् ।

मदानी मुभिज र पदम विश्वकर्मा साहित्य प्रतिष्ठानको निर्माण तथा अनन्त तिमल्सिनाको प्रस्तुति रहेको सिनेमालाई रमेश कोइरालाले निर्देशन गरेका हुन् । महेश तिमल्सिना कार्यकारी निर्माता रहेको सिनेमाका निर्माता रोजा तिमल्सिना र रमेश दाहाल हुन् । विकास बोर्ड र ग्लोबल फोरम अगेन्स्ट कास्ट बेस्ड डिस्क्रिमिनेसन नामक संस्थाको समेत सहकार्य रहेको सिनेमालाई सोसल ड्रामा जनरामा राखिएको छ ।

 

सिनेमामा रमेश बुढाथोकी, लय संग्रौला, जेएन घिमिरे, जेबी डिसी, अजित लामिछाने, प्रतिषा रिजाल, सम्रिद्दी पौडेल, रमेश अधिकारि, गोपाल ढकाल, रामबाबु रेग्मी लगाएतका कलाकारको मुख्य भूमिका रहेको छ । सिनेमामा राम कुमार केसीको कथा र अजित लामिछानेको लेखन रहेको छ ।

रवी कोइराला र जीवन पराजुलीले छायाँकन गरेको सिनेमाको सम्पादन उत्तर राना मगर र तारा थापा किम्भेले गरेका हुन् । सिनेमामा कविराज गहतराजको कोरियोग्राफी, अशोक खड्काको द्वन्द निर्देशन, कमल अधिकारी, रिमेश कुमारको संगीत रहेको छ । बिनयराज पौडेल मुख्य सहायक निर्देशन रहेको सिनेमाको छायाँकन सिन्धुली, काभ्रे र रामेछापमा गरिएको हो ।