हरिवंश र गौरी फिचर्ड’ महापुरुष’को ‘पर्खाल’ गीत सार्वजनिक

हरिवंश र गौरी फिचर्ड’ महापुरुष’को ‘पर्खाल’ गीत सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – प्रदर्शनरत सिनेमा ‘महापुरुष’को नयाँ गीत सार्वजनिक भएको छ । बक्सअफिसमा सफलताका साथ दोस्रो सातामा प्रदर्शन भैरहेको सिनेमाको ‘पर्खाल’ बोलको गीत सोमबार रिलिज गरिएकको हो ।

सार्वजनिक गीतमा कवि नवराज पराजुलीको शब्द रचना तथा कल्याण सिंहको संगीत र शान्तिम कोइरालाको स्वर छ । सार्वजनिक गीतमा सिनेमाका मुख्य कलाकार हरिवंश आचार्य र गौरी मल्लवीचको सामिप्यतालाई प्रस्तुत गरिएको छ । गीतममा राजाराम पौडेल, अरुण क्षेत्री, अञ्जना बराईली, कोपिला थापा, मदनकृष्ण श्रेष्ठ पनि फिचर्ड छन् ।

सिनेमा नेपालसहित अमेरिका र अष्ट्रेलियामा पनि प्रदर्शन भइरहेको छ । सिनेमा हेर्ने दर्शकले महापुरुषलाई ‘मास्टरपिस’ भनेकाछन् । जसले गर्दा सिनेमाको व्यापार पहिलोसाता भन्दा दोस्रो साता बढ्दो छ । साथै दिउँसो देखि साँझसम्मका प्राय सो लगभग हाउसफूल भइरहेका छन् । सिनेमामा एक्लोपनको कथा देखाइएको छ । आदर्शनगरमा बसोबस गर्ने अवकासप्राप्त शिक्षक मार्फत पिता र एलक पुरुषको कथा सिनेमामा देखाइएको छ ।

भविष्य निर्माण गर्न अलग भइसकेको छोरा, सपना बोकेर अष्ट्रेलिया जान लागेको छोरा र एक्लोपनमा रहेका शिक्षकमार्फत समाजको गम्भीर विषयलाई सरल रुपमा प्रस्तुत गरिएको छ । षट्कोण आट्र्सको व्यानरमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्मातामा दिपेश खत्री रहेका छन् ।

सिनेमामा दीपक बज्राचार्यको छायांकन, मित्र डी गुरुङको सम्पादन रहेको छ । यही सिनेमाबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा फिल्ममा डेब्यु गरेका छन् । सिनेमाको पाश्र्व ध्वनिमा रोहित शाक्य र शैलेश श्रेष्ठ, ध्वनि संयोजनमा अमित श्रेष्ठ, रंग संयोजनमा कपिल पराजुली, सहायक निर्देशक शान्तिम कोइराला र प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी रहेका छन् ।