‘डेसान’को टिजरमा भोला र नम्रताको लुकामारी

‘डेसान’को टिजरमा भोला र नम्रताको लुकामारी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सामाजीक कथामा निर्माण गरिएको सिनेमा ‘डेसान’को टिजर सार्वजनीक गरिएको छ । आगामी मंसिर २३ गतेबाट प्रदर्शनको तयारीमा रहेकको सिनेमाको बुधबार राजधानीमा आयोजित एक कार्यक्रमकका बीच अफिसियल टिजर रिलिज गरिएकको हो ।

सिनेमाको सार्वजनिक टिजरमा पारिवारिक सम्बन्ध, प्रेममा हुने असमझदारी तथा सामाजीक न्यायको बिषयलाई प्रस्तुत गरिएको देखिन्छ । टिजरमा सिनेमाका सम्पुर्ण मुख्य कलाकार समेटिएको छ । कमल एक्चै मगर निर्देशीत सिनेमामा भोला सापकोटा, नम्रता सापकोटा, निशान चौहान, पुनम थापा, कविता आले, आरुषजंग सारु, मलिका बस्नेत, प्रमीशा सारुमगर लगायतको अभिनय छ ।

निर्देशक कमलले ‘डेसान’ कोरोना महामारी त्रासादी कालमा निकै सकसका साथ छायांकन गरिएको स्मरण गरे । उनले कोरोनाका कारण सबैतिर अन्यौलको वातावरण भएको बेलामा आफूहरुले जोखिम मोलेर सुटिङ गरेको बताए ।

अभिनेत्री नम्रताले कोरोना कालमा सुटिङ गर्दा कतिपय ठाउँमा असहयोग र असहजता भएता पनि अहिले सिनेमा प्रदर्शन हुन लाग्दा भने त्यतिबेलाको दुःखपीडा बिर्सिएको बताइन् । अभिनेता भोला सापकोटाले पनि कोरोना भाइरसको त्रासले गर्दा ‘डेसान’ को सुटिङका क्रममा दुख खेप्नु परेको सम्झदै अब भने सिनेमा रिलिज हुन लागेकोमा खुशी ब्यक्त गरे ।

पर्फमिङ आर्ट कृएसनको ब्यानरमा कृशाला मगर कार्यकारी निर्माता रहेको सिनेमाको कथा राजु काउचाले लेखेका हुन् भने पटकथा र सम्वाद निर्देशक मगरकै हो । चक्रबहादुर महर्जनले खिचेको सिनेमामा हरि लम्सालको संगीत, राजु थापाको शब्द तथा प्रताप दास र प्रबिशा अधिकारीको स्वर अनि अजय स्याङतेनको कोरियोग्राफी छ । मिलन श्रेष्ठले सम्पादन गरेको सिनेमाको बितरण एफडि, जिजिए ग्रुप र रिच इन्टरटेन्मेन्टले गर्दैछ ।