अपहरणबाट मुक्त हुन युवतीले गरेको संघर्षको कथामा ‘पासो’ ट्रेलर

अपहरणबाट मुक्त हुन युवतीले गरेको संघर्षको कथामा ‘पासो’ ट्रेलर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी मंसिर १६ गतेबाट प्रदर्शनको तयारीमा रहेको नारी प्रधान सिनेमा ‘पासो’को ट्रेलर सार्वजनिक भएको छ । आइतवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको १ मिनेट १८ सेकेन्ड लम्बाईको ट्रेलरमा अपहरणकारीको कब्जाबाट उम्कन दुई महिला पात्रले गरेको संघर्षलाई देखाइएको छ ।

अभिनेत्री रीस्ता बस्नेत बाकसभित्र कैद छिन् भने सुनिशा बजगाईलाई हात-मुख बाँधेर यातना दिइएको छ । ट्रेलरले सिनेमाप्रति आशा जगाएको छ । सिनेमामा रामकुमार बास्ताकोटी, प्रतिक दुलाल, प्रनव आकाश, ऋतिक दुलाल, गीता थापाको पनि अभिनय छ । सिनेमामा कथा, पटकथा, संवाद र निर्देशन आरबी पुनको छ ।

बीआर इन्टरटेन्मेन्टको प्रस्तुतिमा भगवान भुजेल निर्माता रहेको सिनेमाको कार्यकारी निर्माता राजकुमार राउत, सह-निर्मातामा बसन्त घिमिरे, अनु मुस्कान, अनुराग ढुंगाना र सरस्वती गुरुङ छन् । सुर्य दयालुको संगीत, उत्तम हुमागाँइको छायांकन रहेको सिनेमामा सुरेश बस्यालको कोरियोग्राफी, भूपेन्द्र अधिकारीको सम्पादन छ ।

सिनेमाको ट्रेलर रिलिज कार्यक्रममा सिनेमाकी मुख्य अभिनेत्री रीस्ता बस्नेतले छायांकन गर्दा निक्कै गाह्रो भएको अनुभव साटिन् । १० दिनसम्म एउटा बाक्साभित्र बसेर आफूले छायांकन गरेको उनको भनाई छ । आफ्नो भूमिका दर्शकलाई मनपर्नेमा उनी विश्वस्त छिन् ।