‘मिलन’ आइटम गीत : बोल्ड शिल्पासँग सलोन र कुशलको डान्स

‘मिलन’ आइटम गीत : बोल्ड शिल्पासँग सलोन र कुशलको डान्स

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी मंसिर ९ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘मिलन’को आइटम गीत सार्वजनिक भएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा प्रचारलाई आक्रामक बनाउन सोमवार सार्वजनिक गरिएको ‘अलि अलि पिएपछि’ बोलको गीतमा सिनेमाका तीन कलाकार सलोन बस्नेत, कुशल शाह ठकुरी र शिल्पा थापा क्लबमा नृत्य गर्दै देखिएका छन् ।

सार्वजनिक गीतमा डेव्यु अभिनेत्री शिल्पा थापा बोल्ड अवतारमा प्रस्तुत छिन् । बबिना किराती र कृष्ण केसीको युगल स्वर रहेको गीतमा शब्द तथा संगीत सिनेमाका लेखक तथा निर्देशक टेक पौरखी राईको छ । गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी हेर्न सकिन्छ । यसअघि सिनेमाको ‘तिम्रो इशारा काफी छ’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको थियो ।

त्रिकोणात्मक प्रेमकथामा आधारित सिनेमाको ट्रेलर र पोस्टर पनि सार्वजनिक भइसकेको छ । प्रविन थापा निर्माता रहेको सिनेमामा सलोन, कुशल र शिल्पाका अलवा शिशिर बांग्देल, बिशाल पहाडी, जानुका पौडेल ९ब्याकुली०, सुमिन गुरुङ, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापा मगरलगायतको अभिनय छ ।

सिनेमामा राहुल राईको छायांकन र तारा किम्बे थापाको सम्पादन छ । काठमाडौं र कालिन्चोकमा खिचिएको सिनेमालाई दर्शकको साथ मिल्नेमा निर्माण टिम विश्वस्त छ । सिनेमाको सार्वजनिक प्रचार सामाग्रीले दर्शकको मन जितिरहेकाले सिनेमाले राम्रो व्यापार गर्ने अपेक्षा निर्माण पक्षको छ ।