सामाजिक विषयवस्तुमा आधारित ‘डेसान’को ट्रेलर रिलिज

सामाजिक विषयवस्तुमा आधारित ‘डेसान’को ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी मंसिर २३ गतेबाट प्रदर्शनको तयारीमा रहेको सामाजिक विषयवस्तुमा आधारित सिनेमा ‘डेसान’को ट्रेलर सार्वजनिक गरिएको छ । १ मिनेट ३९ मिनेट लम्बाईको ट्रेलरमा नारी संवेदना, अविश्वासले वैवाहिक जीवनमा उत्पन्न कलह, विवाहेत्तर सम्बन्धलगायतको पक्षलाई देखाइएको छ । अभिनेत्री नम्रता सापकोटाको भूमिकाले दर्शकलाई सिनेमाप्रति उत्सुकता र कौतुहलता जगाउने देखिन्छ ।

कमल एक्चै मगरद्वारा निर्देशित सिनेमामा नम्रताका भोला सापकोटा, निशान चौहान, पुनम थापा, कविता आले, आरुषजंग सारु, मलिका बस्नेत, प्रमिशा सारु मगरलगायतको पनि अभिनय रहेको छ । कोरोना महामारीको त्रासदीपूर्ण समयमा छायांकन गरिएको सिनेमाले दर्शकलाई नौलो स्वाद पस्कने निर्देशक मगरको दावी छ । कलाकारहरु पनि दर्शकलाई सिनेमा मनपर्नेमा विश्वस्त छन् ।

पर्फमिङ आर्ट क्रियशनको ब्यानरमा कृशाला मगर कार्यकारी निर्माता रहेको सिनेमामा राजु काउचाको कथा लेखन, निर्देशक मगरको पटकथा तथा संवाद, चक्रबहादुर महर्जनको छायांकन, हरि लम्सालको संगीत, अजय स्याङतेनको कोरियोग्राफी, मिलन श्रेष्ठको सम्पादन छ । ‘डेसान’लाई मोफसलमा एफडी कम्पनी र राजधानीभित्र जिजिए ग्रुप र रिच इन्टरटेन्मेन्टले वितरण गर्दैछ ।