‘सोल अफ द कमाण्डो’को अडियो गीत ‘जिन्दगी को’ रिलिज

‘सोल अफ द कमाण्डो’को अडियो गीत ‘जिन्दगी को’ रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स,काठमाडौं – आगामी शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘सोल अफ द कमान्डो’को पहिलो गीत सार्वजनिक भएको छ । ‘जिन्दगी को’ बोलको अडियो गीत सार्वजनिक गरिएको हो । सिनेमाको कथा खुल्ने भएकोले अडियो गीत मात्र सार्वजनिक गरिएको निर्माण टिमले जानकारी दिएको छ ।

सार्वजनिक गीतमा राजेश पायल राईको स्वर र सन्तोष दुमी राईको संगीत रहेको छ । गीतको शब्द रचना सिनेमाका मुख्य अभिनेता राजकुमार राइले गरेका हुन् । राजकुमार राईको २४ वर्षपछि सिनेमा ‘सोल अफ द कमान्डो’ बाट अभिनय क्षेत्रमा पुनरागमन भएको छ ।

उनले सन् १९९८ मा रिलिज भएको सिनेमा ‘कमाण्डो’मा मुख्य अभिनेताको भुमिका निवार्ह गरेका थिए । मिलन राइको कथा र सनम जेबीआर रानाको पटकथा रहेको सिनेमामा शिशिर वाङ्ग्देल, नरेन खड्का, शेषुका राई, मिलन राई, रवि थापा, रुपेश झा, पुष्प श्रेष्ठ, सीमा राई, नरेन्द्र लिम्बु, पूर्ण लिम्बु, कमला खापुङ्ग लिम्बु, सुष्मिता लिम्बु, एन्जल राई, टिका राम ठकुरी, सोनीका राईको पनि अभिनय रहेको छ ।

सिनेमाको निर्देशन युवराज राई (वीरबहादुर) ले गरेका हुन् भने कार्यकारी निर्माता विजय एल राई छन् । सिलिचुङ फिल्म प्राइभेट लिमिटेडले निर्माण भएको सिनेमाको निर्मातामा मिलन राई, रवि थापा र धन लिम्बू रहेका छन् । ‘सोल अफ द कमाण्डो’को प्रोडक्सन मेनेजर जिम्मेवारी विमल धमला र सीमा राईले सम्हालेका छन् ।

सिनेमामा दिर्घ गुरुङको छायांकन, नहकुल खड्काको सम्पादन, सत्यमा रानाको भिएफएक्स, कलर जीवन थापा, ट्रेलर बन्दे प्रसाद, बाबु श्रेष्ठको ब्याकग्राउण्ड म्युजिक, सिमोन राजबंशीको कोरियोग्राफी, द्वन्द्व निर्देशन एनबी महर्जन र सानु कुमार महर्जनको रहेको छ । सिनेमाको डिजिटल राइट्स ओएसआर डिजिटल किनेको छ ।