‘कबड्डी ४’ निर्देशकको ‘फूलबारी’को टिजर सार्वजनिक

‘कबड्डी ४’ निर्देशकको ‘फूलबारी’को टिजर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ब्लकबस्टर निर्देशक रामबाबु गुरुङ निर्देशित सिनेमा ‘फूलबारी’को टिजर सार्वजनिक गरिएको छ ।

२ मिनेट २ सेकेण्ड लामो टिजरले पारिवारिक कथाको झल्को दिन्छ । टिजरमा प्राय मुख्य कलाकारहरु अटाएका छन् । विपिन र अरुणा दम्पतिको भूमिकामा देखिएका छन् । ब्याकग्राउण्डमा बज्ने सुरिलो संगीतले सिनेमाको कथासार भन्ने प्रयास गरेको छ ।

सिनेमामा विपिन र अरुणासंगै  दयाहाङ राई, प्रियंका कार्की, गौमाया गुरुङ, शिल्पा मास्के, अनुपम शर्मा, सोमनाथ खनाल, मनिष ढकाल, लोकेन्द्र लेखकलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

अभिभावक र सन्तानबीचको सम्बन्धको कथा भन्ने सिनेमामा उपेन्द्र सुब्बाको पटकथा र कमल किशोर मलपानीको कथा छ । जोश हेरुमको छायांकन रहेको सिनेमामा कालीप्रसाद बाँस्कोटा/अनुपम शर्माको संगीत र निमेष श्रेष्ठको सम्पादन छ ।

फागुन ५ देखि सार्वजनिक प्रदर्शनमा आउने सिनेमामा मणिराम पोखरेलको कार्यकारी निर्माण र मनिष ढकालको निर्माण रहेको छ । सिनेमा यसोदा फिल्म्सको व्यानरमा निर्माण भएको हो । यसै वर्ष रामबाबु निर्देशित ‘कबड्डी ४’ले सर्वाधिक व्यापारको रेकर्ड राख्न सफल भएको थियो । त्यसैले ‘फूलबारी’माथि बक्सअफिस नजर टिकेको छ ।