‘तिम्रो मेरो साथ’ ट्रेलर: पुष्पसंग साम्राज्ञी र इमिलीको प्रेमद्वन्द्व

‘तिम्रो मेरो साथ’ ट्रेलर: पुष्पसंग साम्राज्ञी र इमिलीको प्रेमद्वन्द्व

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्का स्टारर सिनेमा ‘तिम्रो मेरो साथ’को ट्रेलर रिलिज भएको छ ।

रमेश एमके पौडेलको निर्देशन एवं निर्माण रहेको सिनेमाको ट्रेलरले प्रेम, धोका र वदलाको भाव बोल्छ ।

सिनेमामा अभिनेता पुष्पको जोडी साम्राज्ञी र डेब्यु गर्ल इमिली लामासंग बाँधिएको छ । पुष्पको दुईतर्फी प्रेम र पुष्पको लागि साम्राज्ञीको एकतर्फी प्रेमले कथामा द्वन्द्व पैदा गरेको छ ।

ट्रेलरमा पात्रहरुको खुलासा भएपनि द्वन्द्वको कारण सस्पेन्स राखिएको छ ।

सबिर श्रेष्ठको लेखन तथा कार्यकारी निर्माण रहेको सिनेमामा पुष्प, साम्राज्ञी र इमिलीसंगै सन्दीप क्षेत्री, सरोज खनाल, खड्क बहादुर पुन, दिपिशा केसीलगायतका कलाकारहरुको अभिनय छ ।

सबिर श्रेष्ठ र बाबुराम निरौलाको स्क्रिप्टमा निर्माण सिनेमामा शिव ढकालको छायांकन, सुवाष भुषाल/योगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

पुष २९ देखि देशव्यापी प्रदर्शनमा आउने सिनेमामा पासाङ लामा, अर्नव पौडेल र आर्यन पौडेलको लगानी रहेको छ । सिनेमाको सहनिर्मातामा नीरु भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन् ।