‘गुञ्जन’ ट्रेलरमा साराको लागि प्रितमराज र कबिरको टक्कर

‘गुञ्जन’ ट्रेलरमा साराको लागि प्रितमराज र कबिरको टक्कर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी पौष २९ गतेबाट आउने सिनेमा ‘गुञ्जन’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रवार सार्वजनिक १ मिनेट ५० सेकेन्ड लामो ट्रेलरमा त्रिकोणात्मक प्रेमकथालाई बुनिएको छ ।

सारा सिर्पाली र प्रितमराज सेन्चुरीको प्रेम जीवनमा कबीर खड्काको प्रवेशपछि आउने विभिन्न उतार-चढाव र साराका खातिर प्रितम-कबीरबीचको टकरावलाई ट्रेलरमा स्थान दिइएको छ । सिनेमामा सरोज खनाल, हिउँवाला गौतम, रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपानेलगायतका कलाकारको पनि अभिनय रहेको छ ।

द्वन्द्व निर्देशक अष्ट महर्जनको डेब्यू निर्देशकिय सिनेमाबाट प्रितमराज सेञ्चुरीले पनि मुख्य अभिनेताको रुपमा डेब्यू गरेका हुन् । हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको सिनेमाको काठमाडौं, पोखरा, जोमसोम र दुबईमा खिचिएको छ ।

सिनेमामा कविराज गहतराजको कोरियोग्राफी, राजेश श्रेष्ठको छायांकन, विपिन मल्लको सम्पादन, करणराज कार्की, कल्याण सिंह र अर्जुन पोखरेलको संगीत छ । सिनेमाको वितरण काठमाडौंमा जीजीए ग्रुप र मोफसलमा एफडी कम्पनीले गर्दैछ ।