‘डिसेम्बर फल्स’को गीत ‘यो के भयो ?’ सार्वजनिक

‘डिसेम्बर फल्स’को गीत ‘यो के भयो ?’ सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी शुक्रबार अर्थात पौष १५ गतेबाट प्रदर्शनमा आउने सिनेमा डिसेम्बर फल्सको गीत ‘यो के भयो ?’ सार्वजनिक गरिएको छ । सुशान्त गौतमकको संगीत तथा अनिल शर्मा र संगीतकार गौतमको शब्द रचना रहेको सार्वजनिक गीतमा अस्मिता अधिकारी र मनिष ढकालको स्वर सुन्न सकिन्छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा आर्यन सिग्देल र उपासना सिंह ठकुरी फिचर्ड छन् । गीतले उनीहरुको प्रेमभाव बोल्छ । रामप्रसाद रिजालले निर्माण गरेको सिनेमा सलोन बस्नेत, सुमन थापा, शिशिर राणा, गीता अधिकारी, नागेन्द्र रिजाल, जयना कुँवर, सुमन थापा, सुमिन गुरुङ, किशन सुनुवार लगायतका कलाकारको पनि अभिनय छ ।

रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘डिसेम्बर फल्स’को कार्यकारी निर्माता लक्ष्मण रिजाल र असिम काफ्ले हुन् भने निर्मातामा रामप्रसाद रिजालका साथै राजकुमार भट्ट छन् । श्रीराम बालाजी फिल्मस्ले नेपालभर सिनेमालाई वितरणको जिम्मा लिएको छ ।

नेपाली मुलका भारतीय निर्देशक प्रवीण झाद्वारा निर्देशित सिनेमामा महेश आर गुप्ताको छायांकन, विपिका खनालको कथा, केदार भुषाल र प्रतिक पौडेलको पटकथा तथा संवाद, बनिष शाहको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, कविराज गहतराज, रामजी लामिछाने, शिशिर खाती र प्रविण सिंहको कोरियोग्राफी छ ।