‘चि मुसी चि’को पहिलो गीत ‘कथा’ सार्वजनिक

‘चि मुसी चि’को पहिलो गीत ‘कथा’ सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी पौष २२ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘चि मुसी चि : इभन डेड डिजायर बिलङ्गिङ’ पहिलो गीत सार्वजनिक गरिएको छ । सोमबबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक कथा बोलको गीतमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, ऋचा शर्मा, बेनिशा हमाल र राजन खतिवडा स्थान दिइएको छ ।

म्युजिक प्रोडुसरमा रोहित शाक्य, म्युजिक कम्पोजरमा शाक्य र बिराज गौतम तथा सौरभ श्रेष्ठ र कम्पोजर गायक गौतमको शब्द रचना रहेको सार्वजनिक गीतमा डाक्टर त्रिशला गुरुङकोे पनि स्वर सुन्न सकिन्छ । चि मुसी चि जस्तो फरक जनराका हरर थ्रिलर सिनेमामा स्वर दिन पाउँदा खुशी लागेको अनुभव साटिन् ।

निर्देशक मर्ण जेम्सले पनि सिनेमामा कथाको मर्म बुझाउन पनि कथा गीत समावेश गरिएकको बताइन् । एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमामा रविन्द्र झा, गौरव बिष्ट, विज्ञ नेपाल र विभुती नेपाल लगायतका कलाकार अभिनय रहेको छ ।

सिनेमाले नेपालमा हरर तथा थ्रिलर जनराको नयाँ ट्रेन्ड बसाउने निर्माण पक्षको विश्वास छ । सिनेमाको सार्वजनिक ट्रेलरले पनि दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएकाले दर्शकको राम्रो साथ पाउने विश्वास निर्माण टिमलाई छ ।

सिनेमालाई मर्ण जेम्स र यश सैनीले मिलेर निर्माण गरेका हुन् । सिनेमामा नेपाली र बलिउड प्राविधिकले काम गरेकाले दर्शकले केही फरक र नयाँपन महसुस गर्ने निर्माण टिमको विश्वास छ । सिनेमाको निर्माता रिञ्जु केसी र प्रस्तुतकर्ता अरुण चक्रावर्ती हुन् । उच्च कोटीको हरर सिनेमा हेर्ने दर्शकहरुको चाहनालाई ‘चि मुसी चि’ले पूरा गर्ने निर्देशक जेम्सको निर्माता चक्रावर्ती बताउँछन् ।