‘ह्यारी कि प्यारी’को मोसन पोस्टर सार्वजनिक

‘ह्यारी कि प्यारी’को मोसन पोस्टर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता जितु नेपालको मुख्य भुमिका रहेको सिनेमा ‘ह्यारी कि प्यारी’को मोसन पोस्टर सार्वजनिक गरिएको छ ।

 

सिनेमाको सार्वजनिक पोस्टरमा कलाकारद्वय जितु र साम्राज्ञी फिचर्ड छन् । सोसल-कमेडी जनरामा निर्माण भएको सिनेमाको मोसन पोस्टरमा ब्रिफकेस समातेर डलर कमाउन दौडिएको ह्यारी र उसलाई पछ्याइरहेकी प्रेमिकालाई प्रस्तुत गरिएको छ ।

बिआर प्रोडक्सनकको प्रस्तुतीमा निर्माण भएको सिनेमामा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको पनि अभिनय रहेको छ । सिनेमामा अभिनेत्री रेखा थापाको विशेष भूमिकामा प्रस्तुत छिन् ।

डाक्टर कपिल रिजालको प्रस्तुति निर्माण भएको सिनेमामा रिजाल स्वयंमको कथा तथा निर्देशन, सुदीप बराल, गिरीराज घिमिरे, डाक्टर रिजाल, अभिमन्यू निरवीले मिलेर पटकथा र संवाद लेखेका हुन् । दन्त चिकित्सक डाक्टर कपिल रिजालले यही सिनेमाबाट निर्देशनमा डेब्यू गर्दैछन् ।

सिनेमामा डाक्टर भोला रिजालको गीत रचना, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशीको गायन र कविराज गहतराजको कोरियाग्राफी रहेको छ । सुदीप बरालको छायांकन गरेको सिनेमालाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

विजय बस्यालले पोस्टर डिजाइन गरेकको सिनेमाको पोष्ट प्रोडक्सनको सम्पुर्ण मुम्बईमा गरिएको हो । अभिनेत्री रेखा थापा फिचर्ड सिनेमामा समावेश ‘धरहरा’ बोलको गीत बिहिबार राजधानीमा एक कार्यक्रमका बीच रिलिज गरिनेछ ।