निश्चल र स्वस्तिमा अभिनित ‘यो मुलाई मस्किन्छे’ भिडियो रिलिज

निश्चल र स्वस्तिमा अभिनित ‘यो मुलाई मस्किन्छे’ भिडियो रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काकको अभिनय रहेको म्युजिक भिडियो ‘यो मुलाई मस्किन्छे’को भिडियोे केही दिन अघि सार्वजनिक गरिएको थियो ।

सुदुरपश्चिमको डोटेली लवजमा तयार पारेको गीतको भिडियो फिल्मी शैलीमा तयार पारीएको छ । सार्वजनिक गीतकोे भिडियोमा निश्चल र स्वस्तिमालाई गुप्तचर एजेन्टको रुपमा प्रस्तुत गरिएको छ । गीत सार्वजनिक गीतले हालसम्म १ लाख १६ हजार बढि भ्युज पाएको छ । गीत हेर्ने अधिकांश दर्शकले फिल्मी शैलीमा निर्माण गरिएको गीतलाई उत्कृष्ट भनेका छन् ।

कुटुम्ब ब्याण्डले तयार पारेको गीतको शब्द, संगीत र स्वर राजेन्द्र भट्टको छ । मानष सुवेदीले निर्देशन गरेको भिडियो स्कृप्ट अभिनेत्री सुरक्षा पन्तले लेखेककी हुन् । चिन्तन राजभण्डारीको छायांकन रहेको भिडियोमा प्रदीप लामाको कोरियोग्राफी, दीर्घ खड्काको सम्पादन रहेको छ ।

गीतको भिडियोमा निश्चल र स्वस्तिमाको अलवा नविन लम्साल, शिभा थापा, शान अधिकारी, रञ्जन न्यौपाने, राम न्यौपाने, प्रशान्त केसी र गंगा मगरको अभिनय रहेको छ । निश्चल बस्नेतको सिनेमा निर्माण कम्पनि ब्ल्याकहर्स पिक्चर्सको अफिसियल युट्युव च्यानलमा भिडियो अपलोड गरिएको हो ।