anmol jasita

सुशिल श्रेष्ठ अभिनित ‘द आउट ल’को पोस्टर तथा टिजर सार्वजनिक

सुशिल श्रेष्ठ अभिनित ‘द आउट ल’को पोस्टर तथा टिजर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बिक्की महर्जनको डेब्यु निर्देशकिय सिनेमा ‘द आउट ल’को निर्माण घोषणा गरिएको छ । पौष १५ गते तमु ल्होसारको अवसर पारेर सिनेमाको फर्स्टलुक पोस्टर र थिम टिजर सार्वजनिक गर्दै औपचारिक रुपमा निर्माण घोषणा गरिएको हो ।

सिनेमामा अभिनेता सुशिल श्रेष्ठको मुख्य भुमिका रहनेछ । उनले सिनेमा डेब्यु अभिनेत्री शिक्षा संग्रौलासँग अनस्क्रिन रोमान्स गर्नेछन् । रेट्रो ग्रुपको ब्यानरमा निर्माण भएको सिनेमामा नरेश पौड्याल, सुमन भण्डारी, हेम गुरुङ, विशाल पहारी र महेश त्रिपाठीको पनि अभिनय रहनेछ । एक्सन थ्रिलर जनरामा निर्माण हुने सिनेमाले कानुन नमान्ने पात्रको कथा भन्छ ।

अभिनेता सुशिल श्रेष्ठ ‘द आउट ल’ आफ्नो करियरकै महत्वपूर्ण सिनेमा रहेको बताउँछन् । आफ्नो करियरलाई कता लैजाने भन्ने पनि यो सिनेमाले निर्धारण गर्ने बुझाई अभिनेता श्रेष्ठको छ । शशांक खड्का र अमित अग्रहरीको लगानीमा निर्माण हुने सिनेमाका कार्यकारी निर्माता विनोद कडायत हुन् । कडायतले यसअघि ‘प्रेमगीत ३’मा कला निर्देशकको रुपमा काम गरेका थिए ।

निर्माता शशांक खड्काले सिनेमाको छायांकन आगामी पौष २१ गतेदेखि छायांकन सुरु गर्ने तयारी भैरहेको बताए । ‘कथा दमदार छ । युवालाई लक्षित गरी कथा बनाइएको हो । पढेका र युवा टिममा भएकाले सिनेमाको नतिजा राम्रो आउने विश्वास छ,’ खड्काले भने । सिनेमालाई नवीन गुरुङले खिच्दैछन् । करिब २ करोड रुपैयाँ बजेट रहने ‘द आउट ल’लाई आगामी दशैंमा रिलिज गर्ने योजना छ ।