‘डिसेम्बर फल्स’को तेस्रो गीत ‘लखर लखर’ सार्वजनिक

‘डिसेम्बर फल्स’को तेस्रो गीत ‘लखर लखर’ सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘डिसेम्बर फल्स’को तेस्रो गीत सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक ‘लखर लखर’ बोलको गीतमा केतन क्षेत्रीको स्वर, कोशिश क्षेत्रीको शब्द रचना तथा संगीत रहेको छ । प्रविन सिंहको कोरियोग्राफी रहेको गीतको भिडियोमा सिनेमाका मुख्य अभिनेता आर्यन सिग्देल अभिनेत्री उपासना सिंह ठकुरी र सलोन बस्नेत फिचर्ड छन् ।

‘डिसेम्बर फल्स’ले मंसिरदेखि सुस्ताएको नेपाली सिनेमाको व्यापार लयमा फर्काउने अपेक्षा सिनेमाकर्मीको थियो । निर्माता रामप्रसाद रिजालले पनि रिलिजपूर्व सिनेमा हिट हुने बताएका थिए । तर, बक्सअफिस नतिजा अपेक्षा विपरित आएको छ । सिनेमाले प्रदर्शनको पाँच दिनसम्ममा दर्शकको औषत साथ पाउँदा निर्माण टिम निराश देखिएको छ । सिनेमाले दर्शक प्रतिक्रिया भने मिश्रित छ ।

एक्सन-लभस्टोरी जनराको सिनेमामा नरेश भट्टराई, सुमन थापा, शिशिर राणा, गीता अधिकारी, सुमन थापा, नागेन्द्र रिजाल, जयना कुँवर, सुमिन गुरुङ, किशन सुनुवारलगायतको पनि अभिनय छ । रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाको कार्यकारी निर्माता लक्ष्मण रिजाल र असिम काफ्ले हुन् भने निर्मातामा रामप्रसाद रिजाल र राजकुमार भट्ट छन् ।

नेपाली मुलका भारतीय निर्देशक प्रवीण झाद्वारा निर्देशित सिनेमामा महेश आर गुप्ताको छायांकन, विपिका खनालको कथा, केदार भुषाल र प्रतिक पौडेलको पटकथा तथा संवाद, बनिष शाहको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, कविराज गहतराज, रामजी लामिछाने, शिशिर खाती र प्रविण सिंहको कोरियोग्राफी छ । श्रीराम बालाजी फिल्मस्ले सिनेमालाई देशभर वितरण गरेको थियो ।