त्रिकोणात्मक प्रेमकथा ‘गुञ्जन’ दोस्रो ट्रेलर रिलिज

त्रिकोणात्मक प्रेमकथा ‘गुञ्जन’ दोस्रो ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी पुष २९ गतेबाट प्रदर्शन आउने द्धन्द्व निर्देशक अष्ट महर्जन निर्देशित सिनेमा ‘गुञ्जन’को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । बिहीबार एक कार्यक्रमका बीच सार्वजनिक ट्रेलरमा त्रिकोणात्मक प्रेममा आउने उतार-चढावलाई देखाइएको छ ।

अभिनेत्री सारा सिर्पाली र डेब्यु अभिनेता प्रितमराज सेन्चुरीबीचको प्रेमिल सायरी संवाद रोचक छ । पहिलोभन्दा दोस्रो ट्रेलर केही आकर्षक छ । सिनेमामा कबीर खड्का, सरोज खनाल, हिउँवाला गौतम, रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, इभा श्रेष्ठ, रोहण शाहीलगायतको अभिनय रहेको छ ।

एएच इन्टरटेनमेन्ट र हिराकृष्ण शाही फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमाको प्रस्तुतकर्ता हिराकृष्ण शाही हुन् । द्वन्द्व निर्देशक अष्ट महर्जनले निर्देशनमा डेब्यू गरेको सिनेमाको निर्मातामा सुनिता शाही छिन् । निर्देशक महर्जनले आफ्नो विधा एक्सन भए पनि पहिलो सिनेमा लभस्टोरी गर्ने इच्छाअनुरुप ‘गुञ्जन’ निर्देशन गरेको बताए ।

‘पहिलो सिनेमा लभस्टोरी गर्ने मेरो इच्छा नै थियो । यसपछि मात्र एक्सन प्रधान सिनेमा बनाउँछु । विधा अलि फरक भएकाले सुरुमा ‘गुञ्जन’ निर्देशन गर्न गाह्रै भएको थियो तर, पछि सहज हुँदै गयो,’ उनले भने । सिनेमा राम्रो बनेकाले दर्शकलाई मनपर्ने उनको विश्वास छ । प्रस्तुतकर्ता हिराकृष्ण शाहीले पहिलो प्रयास भए पनि सिनेमाम उत्कृष्ट बनेको दाबी गरेका छन् ।

काठमाडौं, पोखरा, जोमसोम र दुबईमा खिचिएको सिनेमामा कविराज गहतराजको कोरियोग्राफी, राजेश श्रेष्ठको छायांकन, विपिन मल्लको सम्पादन, करणराज कार्की, कल्याण सिंह र अर्जुन पोखरेलको संगीत छ । सिनेमाको वितरण काठमाडौंमा जीजीए ग्रुप र मोफसलमा एफडी कम्पनीले गर्दैछ ।