बर्षाका लागि ‘मनसँग मन’को टिजरमा छल्किएको पुष्पको प्रेम

बर्षाका लागि ‘मनसँग मन’को टिजरमा छल्किएको पुष्पको प्रेम

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी माघ २७ गतेबाट प्रदर्शनमा आउने लभस्टोरी सिनेमा ‘मनसँग मन’को टिजर सार्वजनिक भएको छ । आइतबार माघे संक्रान्तिको अवसर पारेर युट्युबमा सार्वजनिक गरिएको ४२ सेकेन्ड लम्बाईको टिजरमा अभिनेता पुष्प खड्काको अभिनेत्री वर्षा सिवाकोटीप्रति प्रेम आशक्ति देखाइएको छ ।

सौरभ इन्टरटेन्मेन्ट र बालाली इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको फिल्मको निर्माता अरुण तामाङ हुन् । अर्जुन पोखरेल, अगोम गुरुङ र दीपक शर्माको संगीत रहेको सिनेमाको छायांकन दार्जिलिङ क्षेत्रमा भएको हो । ‘चालबाज’ नाममा छायांकन भएको सिनेमाको पछि नाम परिवर्तन गरेर ‘मनसँग मन’ राखिएको हो ।

सिनेमाको एक गीतमा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माले नृत्य गरेका छन् । वुद्दि तामाङ, रविन्द्र झा, महेन्द्र बगदास, चाँदनी प्रधान, शान्ति दाको पनि अभिनय रहेको सिनेमालाई कैलाश राईले निर्देशन गरेका हुन् । सिनेमामा सौरभ लामाको छायांकन, अर्जुन जीसीको सम्पादन, रामजी लामिछाने र कमल राइको कोरियोग्राफी, कैलाश राइको कथा तथा पटकथा छ ।

कोरोना महामारी नफैलिएको भए २०७७ सालको चैतमा सिनेमा प्रदर्शन भइसकेको हुने थियो । त्यसबेला कोरोनाले रोकिएको सिनेमा निर्माणको तीन वर्षपछि रिलिज हुन लागेको हो । सिनेमा यसअघि भारतका केही सशरमा रिलिज भैसकेको छ । भारत प्रदर्शनमा सिनेमाले दर्शकबाट मिश्रित प्रतिक्रिया बटुलेको छ ।