‘ह्यारीकी प्यारी’को गीत ‘दम दम’मा आरए सुरजसँग बोल्ड देखिन साम्राज्ञी

‘ह्यारीकी प्यारी’को गीत ‘दम दम’मा आरए सुरजसँग बोल्ड देखिन साम्राज्ञी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – डाक्टर कपिल रिजालको डेव्यु निर्देशकिय सिनेमा ‘ह्यारी कि प्यारी’को गीत ‘दम दम’ सार्वजनिक भएको छ । शनिबार युट्युबमा सार्वजनिक गीतमा अभिनेत्री साम्राज्ञी आरएल शाह बोल्ड अवतारमा क्लबमा नृत्य गर्दै गरेको अवस्थामा देखिएकी छन् ।

सार्वजनिक गीतको भिडियोमा अभिनेत्री शाहलाई नृत्यमा आरए सुरज पौडेलले साथ दिएका छन् । कविराज गहतराजले कोरियोग्राफी रहेको गीतमा युग भुषालको शब्द तथा संगीत र थोम्स एन्ड्रियूजको स्वर छ । । सिनेमाको पोष्ट प्रोडक्सनको सम्पूर्ण काम मुम्बईमा गरिएको हो । त्यसैले पनि सिनेमाका प्रचार सामाग्रीले दर्शकबाट आशातीत प्रतिक्रिया पाएका छन् ।

बिआर प्रोडक्सनकको प्रस्तुतिमा निर्देशक रिजाल प्रस्तुतकर्ता रहेको सिनेमामा साम्राज्ञीसँगै जितु नेपाल, विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको अभिनय छ । सिनेमामा रिजाल स्वयंमको कथा तथा निर्देशन, सुदीप बराल, गिरीराज घिमिरे, डा। रिजाल, अभिमन्यू निरवीको पटकथा र संवाद लेखन रहेको छ ।

आगामी माघ २० गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमामा डा। भोला रिजालको गीत रचना, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौलाको गायन र कविराज गहतराजको कोरियाग्राफी छ । सुदीप बरालको छायांकन रहेको सिनेमालाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।