पुष्प र वर्षा अभिनित ‘मनसंग मन’को ट्रेलर सार्वजनिक

पुष्प र वर्षा अभिनित ‘मनसंग मन’को ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – पुष्प खड्का, वर्षा सिवाकोटी र बुद्धि तामाङ अभिनित सिनेमा ‘मनसंग मन’को ट्रेलर रिलिज गरिएको छ ।

प्रेमकथामा बनेको सिनेमा माघ २७ देखि अलनेपाल प्रदर्शनमा आउदैछ । ट्रेलरमा पुष्प र वर्षाको प्रेम, रोमान्स र विछोड देख्न सकिन्छ । शक्तिको अगाडी प्रेमले हार्नु पर्ने दृश्य ट्रेलरमा समेटिएका छन् ।

ट्रेलरको अन्त्यमा देखाइएको बुद्धि र वर्षाको विवाहले कथामा सस्पेन्स छोडेको छ ।

कैलाश राईले निर्देशन गरेको सिनेमामा पुष्प, वर्षा र बुद्धिसंगै महेन्द्र बागदास, चाद्नी प्रधान, शान्ते दालगायतको अभिनय छ ।

सिनेमामा पल शाह र पूजा शर्माले अतिथि भूमिका निर्वाह गरेका छन् । उनीहरुको झलक ट्रेलरमापनि देख्न पाइन्छ ।

निर्देशक राईको लेखन रहेको सिनेमामा अर्जुन पोखरेल/आगोम गुरुङ/दीपक शर्माको संगीत, सन्तोष खवासको द्वन्द्व, कमल राईको कोरियोग्राफी, सौरभ लामाको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको छ ।

सौरभ इन्टरटेनमेन्ट र बलाली इन्टरटेनमेन्टको प्रस्तुति रहेको सिनेमामा अरुण तामाङको निर्माण छ ।