‘छक्का पन्जा ४’को ‘दर्शन सलाम’ गीत सार्वजनिक

‘छक्का पन्जा ४’को ‘दर्शन सलाम’ गीत सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दीपक-दीपाको सिनेमा ‘छक्का पन्जा ४’को ‘दर्शन सलाम’ बोलको गीत सार्वजनिक गरिएको छ ।

स्वस्तिमा खड्का, दीपाश्री निरौला, दीपकराज गिरी, राज आचार्य, बुद्धि तामाङ, केदार घिमिरे, निर्मल शर्मालगायत फिचर्ड गीत चुनाव प्रचारको सेटिङमा निर्माण भएको छ ।

चुनावको माहोलमा एकीकृत निष्पक्ष पार्टीबाट उम्मेदार दीपकराज गिरी (दिग्विजय सिंह)ले भोट मागिरहेको देख्न सकिन्छ । गीतको अन्त्यमा आउने संवादसहितको दृश्यमा राजा अर्थात दिग्विजयले मतपेटिका कब्जा गरेका छन् ।

गीत र संवादको माध्यमबाट सिनेमाको कथासार प्रष्ट पारिएको छ । यसले नेपालमा हुने चुनावको परिवेशलाई व्यंग्य गर्छ । राजेन्द्र थापाको शब्द रहेको गीतमा दीपक शर्माको संगीत, डेभिड शंकर र सहिमा श्रेष्ठको स्वर छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा स्वस्तिमाले ठुम्का लगाएकी छन् ।

हेमराज बिसी निर्देशित सिनेमामा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, मलिना जोशी, निर्मल शर्मा, बुद्धि तामाङ, केदार घिमिरे, बेदना राई, सुष्मा निरौलालगायतका कलाकारहरुको अभिनय छ ।

दीपकराज गिरीको लेखन रहेको सिनेमाले नेपाली राजनीतिमाथि व्यंग्य गर्छ । नरेन्द्र मैनालीले खिचेको सिनेमामा कविराज गहतराजको कोरियोग्राफी, रोशन श्रेष्ठको एक्सन र निमेष श्रेष्ठको सम्पादन छ ।

आमा सरस्वति मुभिज र आइएमइको प्रस्तुति रहेको सिनेमा फागुन १९ देखि अलनेपाल प्रदर्शनमा आउदैछ । केदारप्रसाद घिमिरे र निर्मल शर्मा कार्यकारी निर्माता रहेको सिनेमामा दिपेन्द्र खनियाँ र केशव न्यौपानेको निर्माण छ ।