सुरक्षा र नरेनको ‘बुलाकी’ टिजर सार्वजनीक

सुरक्षा र नरेनको ‘बुलाकी’ टिजर सार्वजनीक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – लक्ष्मण सुनारको निर्देशनमा निर्माण भएको सिनेमा बुलाकीको टिजर सार्वजनिक गरिएकोे छ । सार्वजनिक टिजरमा अभिनेतता नरेन र सुरक्षालाई श्रीमान श्रीमतीको भुमिकामा देखाइएको छ ।

सिनेमाको २ मिनेट ९ सेकेण्ड लामो टिजरमा कर्णालीको ग्रामीण जीवन, रितिरिवाज, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने आरोह अबरोहलाई प्रस्तुत गरिएको छ । टोपेन्द्र विष्टले निर्माण गरेको सिनेमामा नरेन खड्का, सुरक्षा पन्त र बिराज बिष्ट मुख्य भूमिकामा छन् ।

रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनवहादर राई, लक्ष्मण देवकोटा, बसन्त उदास, सोनु सेढाइका अलवा प्रकाश कँडेल र सरस्वती खत्रीले बुलाकीबाट नेपाली सिनेमा क्षेत्रमा डेव्यु गरेका छन् ।

छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा स्व.मोति बिष्टको प्रस्तुति रहेको सिनेमा शिब ढकालले खिचेका हुन् । अर्जुन जिसीले सम्पादन गरेको सिनेमामा राज बहादुर सानेको कथा, राजबहादुर साने, निर्मल पौडेल र निर्देशक सुनार तथा अभिनेता बिष्ट पटकथा तथा संवाद रहेको छ । डोल्पा, जाजारकोट र रुकुम पश्चिमका रमणीय स्थानमा खिचिएको सिनेमाको बितरण त्रिनेत्रम् र एफडी गर्दैछन् ।