‘प्रेमा’ टिजर: जब अरुण र शुभेक्क्षाबीचको प्रेममा सृष्टिको आगमन हुन्छ…

‘प्रेमा’ टिजर: जब अरुण र शुभेक्क्षाबीचको प्रेममा सृष्टिको आगमन हुन्छ…

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चैत १७ मा रिलिज हुने सिनेमा ‘प्रेमा’को टिजर सार्वजनिक गरिएको छ ।

१.१५ मिनेट लामो टिजरमा मुख्य कलाकार अरुण क्षेत्री, शुभेक्क्षा खड्का र सृष्टि श्रेष्ठ बीचको रोमान्टिक दृश्य देख्न सकिन्छ । अरुण र शुभेक्क्षा बीचको प्रेम जब सृष्टिको प्रवेश हुन्छ । तब टिजर सकिन्छ ।

निर्माण पक्षले सृष्टिको आगमनपछि अरुण र शुभेक्क्षाको जीवनमा आउने परिवर्तनलाई सस्पेन्स राखेको छ । यी तीन बीचको केमेस्ट्री दर्शकको लागि नयाँ हो ।

‘रणवीर’ फेम्ड निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको सिनेमामा अरुण, शुभेक्क्षा र सृष्टिका अलावा बिमला केसी, हिउँवाला गौतम, पुरन जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया (काजु)कोपनि अभिनय छ ।

बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्मित सिनेमामा निर्देशक भण्डारी र विवेक घिमिरेको लगानी रहेको छ ।

काठमाडौँ, कर्णाली र सुदुरपश्चिममा खिचिएको सिनेमामा महेश पौडेलको डिओपी, सुशान्त गौतमको संगीत र कृष्ण भण्डारीको सम्पादन छ ।