रामजी ज्ञवाली निर्देशित ‘आराध्या’ युट्युबमा रिलिज

रामजी ज्ञवाली निर्देशित ‘आराध्या’ युट्युबमा रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – रामजी ज्ञवालीको निर्देशनमा निर्माण भएको छोटो सिनेमा ‘आराध्या’ युट्युबमा रिलिज गरिएको छ । मंगलबार भ्यालेनटाइन डेको अवसर पारेर यो सिनेमा रिलिज गरिएको हो । निर्देशक ज्ञवालीले यसअघि ‘हनिमुन, डार्क मुन, एक लभर’ लगायत झण्डै दर्जन छोटा सिनेमा र केहि म्युजिक भिडियो निर्देशन गरिसकेका छन् ।

मंगलबार सार्वजनिक ‘आराध्या’ मा ब्यस्त परिवारभित्र हुर्किरहेका बच्चाले अविभावकबाट पर्याप्त समय नपाउँदा उत्पन्न हुने मनोभावलाई प्रस्तुत गरिएको छ । अविभावकले आफ्नो छोरीको जन्मदिन र विद्यालयको बार्षिकोत्सवमा समेत समय नदिएपछि छोरीले आफैले आफैलाई जन्मदिनको शुभकामना दिएको दृश्यले छुने विश्वास निर्देशक ज्ञवालीको छ ।

सहरीया परिवारको कथा देखाएको सिनेमाको कथा निर्देशक ज्ञवाली र आर्यन अधिकारीले लेखेका हुन् । सिनेमामा अभिनेता आमिर गौतम, अभिनेत्री सुरविना कार्की र बाल कलाकार द्रोस्टी शाहले मुख्य भुमिकामा अभिनय गरेका छन् । सफु बुढाथोकी, नारायण कंडेल, प्रान्जल पौडेल, सृष्टि भुषाललगायतका कलाकारले पनि आराध्यामा अभिनय गरेका छन् ।

काठमाडौं आसपासमा खिचिएको सिनेमा अन्तर्राष्ट्रिय सिनेमा महोत्सवमा सहभागी गराउँदा नेपालमा सार्वजनिक गर्न ढिला भएको निर्देशक ज्ञवालीले बताए । इन्जिनियर सन्जित कुमार शाहको लगानी, बिशाल निरौलाको म्युजिक तथा एरेन्ज रहेको छोटो सिनेमा राम्रो इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो ।

सिनेमाका प्रमुख सहायक निर्देशक बाबुराम निरौला हुन् भने युवराज घिमिरेले सहायक निर्देशकको जिम्मेवारी सम्हालेका थिए । सिनेमालाई नहकुल खड्काले सम्पादन र संकल्प भुजेलले खिचेका हुन् । आराध्यामा निशा खनालको मेकअप, राजेन्द्र मोक्तानको कलर ग्रेडिङ, योगेशकाजीको ब्याकग्राउण्ड म्युजिक रहेको छ ।