‘प्रेमा’को गीतमा सम्बन्ध गाढा बनाउदै अरुण र शुभेच्छा

‘प्रेमा’को गीतमा सम्बन्ध गाढा बनाउदै अरुण र शुभेच्छा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चैत १७ मा रिलिज हुने रोमान्टिक लभस्टोरी सिनेमा ‘प्रेमा’को पहिलो गीत सार्वजनिक गरिएको छ ।

‘मन मनमा’ बोलको गीतमा सिनेमाका मुख्य कलाकार अरुण क्षेत्री र शुभेच्छा खड्का बीचको रोमान्टिक पलहरु समेटिएको छ । भिडियोमा अर्की अभिनेत्री सृष्टि श्रेष्ठको झलकपनि देखाइएको छ । जुन दृश्य टिजरमा पनि थियो ।

अरुण, शुभेच्छा र सृष्टि बीचको यो पहिले सहकार्य हो । दर्शकले सिनेमामा फ्रेस जोडीको मज्जा लिन सक्नेछन् ।

काठमाडौँ उपत्यकामा अवस्थित बिभिन्न विश्व सम्पदा सुचिकृत सम्पदाको प्रांगणहरुमा खिचिएको गीतको भिडियो सुन्दर बनेको छ ।

अनिल शर्मा र सुशान्त गौतमको शब्द शृजना रहेको गीतमा रिकेश गुरुङ र सुवानी मोक्ताङको स्वर छ । गीतका संगीतकार सुशान्त गौतम नै हुन् ।

‘रणवीर’ फेम्ड निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको सिनेमामा अरुण, शुभेच्छा र सृष्टिका अलावा बिमला केसी, हिउँवाला गौतम, पुरन जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया (काजु)कोपनि अभिनय छ ।

बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्मित सिनेमामा निर्देशक भण्डारी र विवेक घिमिरेको लगानी रहेको छ ।

काठमाडौँ, कर्णाली र सुदुरपश्चिममा खिचिएको सिनेमामा महेश पौडेलको डिओपी, सुशान्त गौतमको संगीत र कृष्ण भण्डारीको सम्पादन छ ।