‘छक्का पन्जा ४’को ट्रेलर रिलिज, समसामयिक राजनीतिमा व्यंग्य

‘छक्का पन्जा ४’को ट्रेलर रिलिज, समसामयिक राजनीतिमा व्यंग्य

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दीपक-दीपा समूहले निर्माण गरेको सिनेमा ‘छक्का पन्जा ४’को ट्रेलर रिलिज गरिएको छ ।

३.२० मिनेट लामो ट्रेलरले देशमा व्याप्त राजनीतिक विकृतिको कथा भन्छ । सिनेमामा दीपकराज गिरी राजाको भूमिकामा छन् । तर उनको छवि बद्लिएको छ । उनि गुण्डागर्दीको बलमा राजनीतिक नेताहरुलाई सहयोग पुर्याउछन ।

सुधार गृहबाट निस्किएपछि चुनावमा होमिदै राजाको जीवनमा आउने उतारचढाव ट्रेलरमा देख्न सकिन्छ । सिनेमाले समसामयिक राजनीतिलाई व्यंग्य गर्छ । सिनेमामा दीपकराजको श्रीमतीको रुपमा दीपाश्री निरौलाले अभिनय गरेकी छन् । ट्रेलरको अन्त्यमा दुवै हात उठाउदै जनतालाई समर्थन गरेको दृश्यले उनको पात्रले कौतुहलता जगाउछ ।

अभिनेत्री बेनिशा हमाल पत्रकार र केदार घिमिरे (माग्ने बुढा) शिक्षकको भूमिकामा देखिएका छन् । बेनिशाले निर्वाह गरेको पत्रकार भूमिकालेपनि थुप्रै सस्पेन्स छोडेको छ ।

हेमराज बिसीले निर्देशन गरेको सिनेमामा निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, निर शाह, सुष्मा निरौला, मलिना जोशी, बेदना राई, लूनिभा तुलाधर, अनुराग कुँवरलगायतका कलाकारहरुको अभिनय छ ।

दीपकराज गिरीको लेखन रहेको सिनेमाले नेपाली राजनीतिमाथि व्यंग्य गर्छ । नरेन्द्र मैनालीले खिचेको सिनेमामा कविराज गहतराजको कोरियोग्राफी, रोशन श्रेष्ठको एक्सन र निमेष श्रेष्ठको सम्पादन छ ।

आमा सरस्वति मुभिज र आइएमइको प्रस्तुति रहेको सिनेमा फागुन १९ देखि अलनेपाल प्रदर्शनमा आउदैछ । केदारप्रसाद घिमिरे र निर्मल शर्मा कार्यकारी निर्माता रहेको सिनेमामा दिपेन्द्र खनियाँ र केशव न्यौपानेको निर्माण छ ।