‘बिहे पास’ टिजर: प्रकृतिसंगको विवाहमा पास हुन दयाहाङको संघर्ष

‘बिहे पास’ टिजर: प्रकृतिसंगको विवाहमा पास हुन दयाहाङको संघर्ष

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स,काठमाडौं – दयाहाङ राई र प्रकृति श्रेष्ठको मुख्य भूमिका रहेको सिनेमा ‘बिहे पास’को टिजर रिलिज गरिएको छ ।

१.३७ मिनेट लामो टिजरले विहेमा पास हुन पुरुषले गर्नु पर्ने संघर्ष देखाइएको छ । प्रकृतिलाई पाउन दयाहाङ लोकसेवा परिक्षामा नाम निकाल्ने कसम खान्छन । मेहिनतपनि गर्छन । विवाहपछि दयाहाङको पोल खुल्दै जान्छ । के उनि विवाहमा उत्रिन्न होलान् ? जवाफ पाउन बैशाख १ सम्म कुर्नुपर्ने हुन्छ ।

दयाहाङ र प्रकृतिको यो पहिलो सहकार्य हो । प्रकृतिले लिड भूमिका निर्वाह गरेको पछिल्लो सिनेमा ‘उत्सव’ थियो । जुन २०१४ मा रिलिज भएको थियो । प्रकृतिले झन्डै ८ वर्षपछि अभिनयमा कमब्याक गरेकी हुन् ।

प्रवेश पौडेलले निर्देशन गरेको सिनेमामा दयाहाङ र प्रकृतिसंगै शिशिर बाङ्देल, बुद्धि तामाङ, रविन्द्र झा, श्याम राई, विशाल पहारी, सुवाष गजुरेल, हिउँवाला गौतमलगायतका कलाकारहरुको अभिनय छ ।

आकाश बराल र साजन काफ्लेको कथा र पटकथा रहेको सिनेमाको कथामा मुर्रे केरले सघाएका छन् ।

रोहित कट्टेल प्रस्तुतकर्ता रहेको सिनेमामा शिव ढकालको छायांकन, प्रवेश मल्लिकको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र मित्रदेव गुरुङको सम्पादन छ ।

आरआर फिल्म्स प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा रोजन श्रेष्ठको निर्माण र ग्याल्जेन लामा/बालकृष्ण पाख्रिनको सहनिर्माण रहेको छ । रत्न श्रेष्ठ सिनेमाका कार्यकारी निर्माता हुन् ।