अनमोल स्टारर ‘छड्के २’को गीत रिलिज, ‘छड्के खालास’ भन्दै भिटेन

अनमोल स्टारर ‘छड्के २’को गीत रिलिज, ‘छड्के खालास’ भन्दै भिटेन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बहुप्रतिक्षित सिनेमा ‘छड्के २’को ‘छड्के खालास’ बोलको गीत सार्वजनिक भएको छ ।

हिप-हप जनराको गीतमा भिटेनको शब्द, संगीत र आवाज छ । गीतको भिडियोमा कलाकारहरुको मस्ती मूड, द्वन्द्व र केहि संवादसहितका दृश्य समेटिएको छ ।

निगम श्रेष्ठको लेखन र निर्माण रहेको सिनेमाले देशको प्राकृतिक स्रोत हत्त्याउन संघर्षरत तीन ग्याङको कथा भन्छ । रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ र ग्रीन ग्याङबीचको लडाइँमा सुपरस्टार अनमोल केसीले ग्रीन ग्याङको प्रतिनिधित्व गर्छन । उनि सिनेमामा मेनडगको भूमिकामा छन् ।

१० वर्ष अगाडीको चर्चित सिनेमा ‘छड्के’को सिरिज र अनमोलको अभिनय भएकाले यो सिनेमा दर्शक माँझ प्रतिक्षित छ । सिनेमाले बक्सअफिसमा बम्पर ओपनिङ गर्ने आशा गरिएको छ । सिनेमा फागुन १९ देखि अलनेपाल प्रदर्शनमा आउदैछ ।

ट्रेलर र टिजरले सिनेमाको हाइप निर्माण गरेका छन् । अहिलेसम्म ट्रेलर र टिजरलाई १९/१९ लाख पटक हेरिएको छ ।

सिनेमामा अनमोलसंगै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सृजना सुब्बा, देवु श्रेष्ठ, रेशा आले मगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरन्जिबी अधिकारी र कुमार घलानलगायतका कलाकारको अभिनय छ ।

मस्को सिंह र राजेन्द्र सापकोटाको छायांकन रहेको सिनेमामा राजकुमार उप्रेतीको एक्सन र रवि चौधरी तथा लोकेश बज्राचार्यको सम्पादन छ ।

निर्भाना फिल्म स्कुल, काभ्रे फिल्म्स र मेधाको व्यानरमा निर्मित सिनेमाको निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ रहेका छन् । कार्यकारी निर्माणमा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।