‘ज्याकी – आईएम ट्वान्टीवान’ टिजर: धिरजलाई नृत्यको हुटहुटि

‘ज्याकी – आईएम ट्वान्टीवान’ टिजर: धिरजलाई नृत्यको हुटहुटि

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – धिरज मगर अभिनित सिनेमा ‘ज्याकी – आईएम ट्वान्टीवान’को टिजर सार्वजनिक गरिएको छ । १.१३ मिनेट लामो टिजर शुक्रबारदेखि हलमा पनि देखाइनेछ ।

सार्वजनिक टिजरमा मुख्य पात्र धिरजको चरित्र चित्रण गरिएको छ । परिवारको चाहना ब्रिटिस आर्मी र मुख्य पात्रले नृत्यको सपना सजाउँदा उत्पन्न हुने द्वन्द्व टिजरमा देख्न सकिन्छ । मुख्य पात्रले बोल्ने संवाद ‘बाबा मलाई थाहा छ, मैले रोजेंको बाटो सजिलो छैन । तर मलाई योपनि थाहा छ, मेरो सपना फरक हो गलत होइन ।’ उक्त संवादले कथासार प्रष्ट्याउछ ।

रेनशा राई राणाले निर्देशन गरेको सिनेमा नृत्य विधामा बनेको पहिलो नेपाली सिनेमा हो । सिनेमाले नृत्यको हिप-हप विधालाई प्राथमिकता दिएको छ । टिजरमा हिप-हपका आकर्षक मूभ्सपनि समेटिएको छ । टिजरको उत्कृष्ट सम्पादनले दर्शकमा रोमान्चकता पैदा गरेको छ ।

बैशाख २१ मा रिलिज हुने सिनेमामा धिरजसंगै जसिता गुरुङ र अरुण क्षेत्रीकोपनि मुख्य भूमिका छ । तर निर्माण पक्षले अहिलेसम्मका प्रचार सामाग्रीमा धिरजलाई मात्र स्थान दिएको छ ।

सिनेमामा रोहित शाक्य र कालिप्रसाद बाँस्कोटाको संगीत, सुशन प्रजापतिको छायांकन, द वाइल्र्ड रिप्पर्ज क्रुको कोरियोग्राफी छ ।

आईकोर फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराको निर्माण रहेको छ ।