‘छक्का पन्जा ४’को ‘सिरुपाते जुँगामा’ बोलको गीत रिलिज

‘छक्का पन्जा ४’को ‘सिरुपाते जुँगामा’ बोलको गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा ‘छक्का पन्जा ४’को दोस्रो गीत सार्वजनिक गरिएको छ ।

यसअघि ‘दर्शन सलाम’ बोलको प्रमोसनल गीत सार्वजनिक गरिएको थियो । जुन गीतले ८८ लाख भ्युज पाइसकेको छ । मंगलबार रिलिज भएको ‘सिरुपाते जुँगा’को भिडियोले भने ‘स्टोरी टेलिङ’ गर्छ ।

गीतमा अभिनेत्री बेनिशा हमाल दीपकराज गिरीको प्रेमिकाको भूमिकामा देखिएकी छन् । दीपाश्री निरौला पत्नीको भूमिकामा छिन । पत्नीको आँखा छलेर दीपकराज बेनिशासंगको प्रेममा लिप्त देखिन्छन । पत्नीसंग बच्न दीपकराजले बेनिशालाई परराष्ट्र मन्त्रालयको नाम नम्बर सेभ गरेका छन् ।

बाबुल गिरीको संगीत र स्वर रहेको गीतमा शंकर अधिकारी ‘घायल’को शब्द रचना रहेको छ । गीतको भिडियोमा कोरियोग्राफी कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।

हेमराज बिसी निर्देशित ‘छक्का पन्जा ४’मा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, बेनिशा हमाल, निर शाह, राज आचार्य, बेदना राई, मलिना जोशी, लूनिभा तुलाधर, सुष्मा निरौला, रमेश बुढाथोकी, अनुराग कुँवरलगायतका कलाकारहरुको अभिनय छ ।

नेपालको वर्तमान राजनीति परिवेशलाई व्यंग्य गर्ने सिनेमालाई दर्शकले  रुचाएका छन् । तर समिक्षागत दृष्टिमा भने सिनेमा औसत मानिएको छ ।