‘बिहे पास’को ‘खाली छैन मेरो मुटु’मा रोमान्टिक दयाहाङ र प्रकृति

‘बिहे पास’को ‘खाली छैन मेरो मुटु’मा रोमान्टिक दयाहाङ र प्रकृति

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता दयाहाङ राई र अभिनेत्री प्रकृति श्रेष्ठको मुख्य भुमिका रहेको सिनेमा ‘बिहे पास’को पहिलो रोमान्टिक गीत ‘खाली छैन मेरो मुटु’ सार्वजनीक गरिएको छ ।

अस्तित्भा कर्ण र बिद्या मञ्जु तिवारीको स्वर, प्रवेश मल्लिकको संगीत र डिपी खनालले शब्द तथा रामजी लामीछानेको कोरियोग्राफी रहेको गीतमा अभिनेता दयाहाङले अभिनेत्री प्रकृतिप्रति प्रेमभाव प्रस्तुत गरेको देखिन्छ । दर्शकबाट राम्रो प्रतिक्रिया पाएपछि निर्माण टिमले सिनेमाको पहिलो गीत रिलिज गरेको हो । निर्माण पक्षले केही दिनमै सिनेमाको ट्रेलर पनि सार्वजनिक गर्ने तयारी गरेकोछ ।

प्रबेश पौडेल निर्देशीत सिनेमामा दयाहाङ र प्रकृतिका साथमा श्याम राई,बिशाल पहाडी, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, नवीन शेरचन, उमा बानियाँ र प्रकाश भुजेलले अभिनय गरेका छन् । केही दिनअघि सार्वजनीक सिनेमाको टिजरमा पत्नी प्रकृति सरकारी अधिकृत र पति दयाहाङलाई सरकारी जागिर पाउन प्रयत्नरत देखाइएको छ ।

पूर्वी नेपालका बिभिन्न रमणीय स्थलमा खिचिएको सिनेमाको प्रस्तुतकर्ता रोहित कटेल र कार्यकारी निर्माता रत्न श्रेष्ठ छन् । शिब ढकालले खिचेको सिनेमालाई मित्र गुरुङले सम्पादन गरेका हुन् । मर्रे केर, आकाश बराल र सजन काफ्लेको संयुक्त कथा रहेको सिनेमाको पटकथा भने आकाश र सजनले लेखेका हुन् ।

रोजन श्रेष्ठ निर्माता, ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन सह-निर्माता रहेको सिनेमा बैशाख १ गतेबाट प्रदर्शनमा आउँदैछ ।