आँचल र आशिर्वादको ‘नाई नभन्नू ल ६’ गीत ‘दिउँला माया’ रिलिज

आँचल र आशिर्वादको ‘नाई नभन्नू ल ६’ गीत ‘दिउँला माया’ रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक विकासराज आचार्य निर्देशित सिनेमा ‘नाई नभन्नू ल ६’को पहिलो गीत सार्वजनिक भएको छ । डेब्यू अभिनेता आशिर्वाद क्षेत्री र अभिनेत्री आँचल शर्मा फिचर्ड ‘दिउँला माया’ बोलको रोमान्टिक गीत सोमबार रिलिज गरिएको हो । सार्वजनिक गीतले उनीहरुको प्रेमभाव बोल्छ । आँचलले निभाएको चरित्रलाई गायनप्रति रुचि रहेको बुझाउन खोजिएको छ ।

शरद शंकर र बेनिशा पौडेलको युगल स्वर रहेको गीतमा निर्देशक आचार्य स्वयंको शब्द रचना र गायक शंकरको संगीत छ । ‘नाई नभन्नू ल’का सिरिज गीतमा अब्बल मानिन्छ । ‘दिउँला माया’को पनि अडियो पक्ष बलियो देखिन्छ । आगामी बैशाख १ गतेबाट प्रदर्शन सिनेमामा आशिर्वाद र आँचलका अलवा केकी अधिकारी, प्रियंका कार्की, सरोज खनाल, अर्थव उप्रेतीको पनि मुख्य भूमिका छ ।

‘नाई नभन्नू ल’ सिरिजको पर्यायझैं बनेका अनुभव रेग्मी भने यस पटक बिशेष भूमिकामा देखिनेछन् । सिनेमालाई निर्देशक आचार्य, सामीप्यराज तिमल्सिना र अरुणदेव जोशीले लेखेका हुन् । आख्यान फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमाको निर्मातामा विकासराज आचार्य र विष्णुमणि दाहाल छन् भने सञ्जय न्यौपाने, रमेश चौधरी, पुरुषोत्तम प्रधान कार्यकारी निर्माता हुन् ।

सिनेमामा हिमाल केसीको द्वन्द्व निर्देशन, पुरुषोत्तम प्रधानको छायांकन, सन्देश शाहको सम्पादन, एलिस कार्कीको ब्याकग्राउन्ड स्कोर, कविराज गहतराज र मनोज विश्वकर्माको कोरियोग्राफी रहेको छ ।