‘नाई नभन्नु ल ६’ को शिर्ष गीतमा रोमान्टिक आँचल र आशिर्वाद

‘नाई नभन्नु ल ६’ को शिर्ष गीतमा रोमान्टिक आँचल र आशिर्वाद

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी बैशाख १ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘नाई नभन्न ल ६’को दोस्रो गीत रिलिज भएको छ । शुक्रबार इन्टरनेमा रिलिज गरिएको ‘तिम्रो आँखामा आँखा जुधाइ भन्न मन छ एउटा कुरा’ बोलको गीतमा वसन्त सापकोटाले संगीत भरेका हुन् ।

प्रताप दासको स्वर रहेको रोमान्टिक गीतमा अभिनेत्री आँचल शर्मा र डेव्यु अभिनेता आशीर्वाद बराल क्षेत्री फिचर्ड छन् । ‘नाइँ नभन्नु ल’ सिरिजकै परिचित लयमा सार्वजनिक गीतको संगीत तयार पारिएको छ । सिनेमाबाट डेब्यु गरेका आशीर्वाद र आँचलले सिनेमामा प्रेमिल जोडीको भूमिकामा अभिनय गरेका छन् ।

सिनेमामा आशिर्वाद र आँचलका अलवा केकी अधिकारी, प्रियंका कार्की, सरोज खनाल, अर्थव उप्रेतीको पनि मुख्य भूमिका छ । ‘नाई नभन्नू ल’ सिरिजको पर्यायझैं बनेका अनुभव रेग्मी भने यस पटक बिशेष भूमिकामा देखिनेछन् । सिनेमालाई निर्देशक आचार्य, सामीप्यराज तिमल्सिना र अरुणदेव जोशीले लेखेका हुन् ।

आख्यान फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमाको निर्मातामा विकासराज आचार्य र विष्णुमणि दाहाल छन् भने सञ्जय न्यौपाने, रमेश चौधरी, पुरुषोत्तम प्रधान कार्यकारी निर्माता हुन् । सिनेमामा हिमाल केसीको द्वन्द्व निर्देशन, पुरुषोत्तम प्रधानको छायांकन, सन्देश शाहको सम्पादन, एलिस कार्कीको ब्याकग्राउन्ड स्कोर, कविराज गहतराज र मनोज विश्वकर्माको कोरियोग्राफी रहेको छ ।