कर्णालीको जारी प्रथामा सुरक्षा, नरेन र बिराजको ‘बुलाकी’ ट्रेलर

कर्णालीको जारी प्रथामा सुरक्षा, नरेन र बिराजको ‘बुलाकी’ ट्रेलर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – लक्ष्मण सुनारको निर्देशनमा निर्माण भएको सिनेमा ‘बुलाकी’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । सिनेमाकी मुख्य अभिनेत्री सुरक्षा पन्त, अभिनेता नरेन खड्का र डेव्यु अभिनेता बिराज बिष्टलाई केन्द्रमा राखेर तयार पारिएको ट्रेलरमा कर्णली प्रदेशमा प्रचलित जारी प्रथामाथी ‘बुलाकी’ निर्माण गरिएको हो ।

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक ट्रेलरले दर्शक मन जित्ने देखिन्छ । कर्णाली प्रदेशमा बोलिने खस भाषालाई सिनेमामा संवादको रुपमा प्रयोग गरिएको छ । टोपेन्द्र विष्टले निर्माण गरेको सिनेमा आगामी बैशाख १ गतेबाट प्रदर्शनमा आउने छ ।

सिनेमा ‘बुलाकी’मा कर्णालीको ग्रामीण जीवन, रितिरिवाज, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने आरोह अबरोहलाई प्रस्तुत गरिएको छ । रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनवहादर राई, लक्ष्मण देवकोटा, बसन्त उदास, सोनु सेढाइका अलवा प्रकाश कँडेल र सरस्वती खत्रीले ‘बुलाकी’बाट नेपाली सिनेमा क्षेत्रमा डेव्यु गर्दैछन् ।

छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा स्व.मोति बिष्टको प्रस्तुति रहेको सिनेमा शिब ढकालले खिचेका हुन् । अर्जुन जिसीले सम्पादन गरेको सिनेमामा राज बहादुर सानेको कथा, राजबहादुर साने, निर्मल पौडेल र निर्देशक सुनार तथा अभिनेता बिष्ट पटकथा तथा संवाद रहेको छ ।

डोल्पा, जाजारकोट र रुकुम पश्चिमका रमणीय स्थानमा खिचिएको बैशाख १ गतेबाट प्रदर्शनमा आउने सिनेमाको बितरण त्रिनेत्रन् र एफडी गर्दैछन् ।