‘ज्याकी : आइएम ट्वान्टी वान’को गीत ‘योद्धा’ रिलिज

‘ज्याकी : आइएम ट्वान्टी वान’को गीत ‘योद्धा’ रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी बैशाख २१ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘ज्याकी : आइएम ट्वान्टी वान’को दोस्रो गीत ‘योद्धा’ रिलिज भएको छ । शुक्रबार इन्टरनेटमा रिलिज गरिएको गीतमा मुख्य कलाकार धिरज मगर र जसिता गुरुङलाई फिचर्ड गरिएको हो ।

सार्वजनि गीतमा त्रिशला गुरुङ र प्रसिद राजोपाध्यायको स्वर, स्वप्निल शर्माको शब्द रचना तथा स्वप्निल र रोहित शाक्यको संगीत छ । गीतको भिडियोमा डान्सका लागि धिरज र जसिताले गरेको मिहिनेत देखिएको छ । युवापुस्तामाझ गीत लोकप्रिय हुने विश्वास निर्माणपक्षको छ । भिडियोकै लागि पनि २ मुख्य कलाकारले गरेको मिहिनेत प्रशंसनिय छ ।

सिनेमामा अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजु भुजु, सुजता राई, सूर्यमान लिम्बु, विकास जोशी, रिजोन परियार, सुशान्त गौतमको पनि अभिनय छ । निर्देशक रेनेशा ‘इन्टु मिन्टु लण्डन’मा प्रदर्शनको ५ बर्षपछि निर्देशनमा कमव्याक गरेककी हुन् । यो सिनेमाले नेपाली बक्सअफिसमा राम्रो व्यापार गरेको थियो ।

कोरियोग्राफीले आफूलाई पहिचान दिएकाले आफूले पनि केही दिनुपर्छ भन्ने लागेर नृत्यको विषयमा सिनेमा निर्माण गर्ने प्रयास गरेको निर्देशक रेनशा बताउँछिन् । तर, नेपालमा नृत्यमा आधारित सिनेमा निर्माण गर्न निकै गाह्रो रहेको अनुभव उनको छ । सिनेमामा रेनशा स्वयंको कथा र पटकथा छ भने संवादमा उनलाई सोमनाथ खनालले सघाएका छन् ।

आइकोर फिल्म्सको ब्यानरमा प्रभु शमशेर जबरा राना र प्रज्ज्वल शमशेर जबरा रानाले सिनेमा निर्माण गरेका हुन् । नृत्यको विषयमा निर्माण भएको सिनेमामा कालिप्रसाद बाँस्कोटा तथा रोहित शाक्यको संगीत, सुशन प्रजापतिको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ ।