सुरक्षाले भनेको ‘सफ्ट विद्रोह’ के हो ?

सुरक्षाले भनेको ‘सफ्ट विद्रोह’ के हो ?

द सिनेमा टाइम्स
0
Shares

सिनेमा टाइम्स,काठमाडौं । केही समय यता नायिका सुरक्षा पन्त ‘सफ्ट विद्रोह’ भन्दै आइरहेकी छन् । नेपाली सिनेमा उद्योगमा विद्रोहको खाँचो रहेको र त्यसका लागि आफूले ‘सफ्ट विद्रोह’ गरिरहेको उनले बताउने गरेकी छन् ।

आफ्नो सोच अनुसारको काम गर्न खोज्नु र आफूले देख्न खोजेको समाजलाई आफ्नो कामबाट निर्माण गर्न खोज्नु नै उनले भनेको ‘सफ्ट विद्रोह’को अर्थ हो । आफूले देख्न चाहेको समाज आफ्नो काममार्फत स्थापित गर्ने प्रयास गर्नु नै उनले को ‘सफ्ट विद्रोह’ हो ।

हरेक व्यक्तिको आआफ्नो व्यक्तित्व हुने र त्यही अनुसारको रोजाइ र काम हुने उनी बताउँछिन् । आफ्नो रोजाइ अनुसार काम गर्दा पनि विद्रोह हुने उनको बुझाई छ । आफूले जस्तो खालको समाज देख्न चाहेको हो त्यही सोचअनुसार स्क्रिप्ट छनोट गरिरहेको पनि उनी बताउँछिन् ।

सुरक्षा प्राय विमेन सेन्ट्रिक सिनेमामा काम गर्दै आएकी छन् । ‘आमा’ उनको सफल सिनेमा हो । महिला र समानताका विषयले नेपाली सिनेमा उद्योगलाई नेतृत्व गर्नु पर्ने उनको जोडदार विचार छ ।

सुरक्षा आफ्ना कुरा स्पष्ट राख्न नहिचकिचाउने नायिका हुन् । आफ्नो मनमा लागेका कुरा स्पष्ट भन्न सक्नु उनको सवल पक्ष हो । त्यसैले उनलाई स्पष्ट वक्ताका रूपमा चिनिन्छिन् । उनी मुख्य भूमिकामा रहेको सिनेमा ‘बहाव’ यही शुक्रबार र बुलाकी बैशाख १ देखि प्रदर्शन हुँदैछ ।