बहाव’लाई प्रिमियरमा तारीफ

बहाव’लाई प्रिमियरमा तारीफ

द सिनेमा टाइम्स
0
Shares

सिनेमा टाइम्स,काठमाडौं – भोली शुक्रबारबाट रिलिज हुने सिनेमा ‘बहाव’ले बुधबार साँझ राजधानीमा प्रिमियर गरेको छ । फिल्मकर्मी, सञ्चारकर्मी, पत्रकार तथा राजनीतिक दलका नेताको उपस्थितिमा गरिएको प्रिमियरपछि फिल्मकर्मी तथा नेताले फिल्मको विषयवस्तु फरक लागेको प्रतिक्रिया दिएका छन् ।

एमाले नेता रघुजी पन्तले ‘बहाव’ नेपाली सिनेमा जगतमा सम्भावना बोकेको सिनेमा बनेको प्रतिक्रिया दिए । सिनेमाले हामीले समाजमा देख्दै र भोग्दै आएको विषयलाई गम्भीर किसिमले उठान गरेको छ’, उनले भने ।


पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री र सांसद पदम गिरीले सिनेमाले समाजभित्रको अन्तरविरोधलाई देखाएको बताए । उनले समाजभित्र रहेको विभेदको जरा उखेल्न नसिरहेको अवस्थामा ‘बहाव’ ले त्यो जरा उखेल्न भूमिका निर्वाह गर्ने दाबी गरे ।

निर्देशक नरेश पौडेलले ‘बहाव’ नेपालमा बनिरहेका सिनेमा भन्दा  फरक शैलीमा बनेको जनाए । उनले आफूले जापानी सिनेमा हेरेको अनुभव गरेको खुलाए ।

कलाकार भोलाराज सापकोटाले कथादेखि प्रस्तुतिकरण, कलाकारको अभिनय राम्रो लागेको बताए । अर्का कलाकार दीपक आचार्यले नेपाली परिवेशमा एउटा राम्रो फिल्म बनेको उल्लेख गरे ।

सिनेमका अभिनेता कमलमणि नेपालले सिनेमामा आफू कठोर देखिए पनि वास्तविक जीवनमा कमलो मनको भएको बताए । कोरोना महामारीको समयमा काम गरे पनि राम्रो सिर्जना दर्शकमाझ ल्याएको जनाए ।

प्रमोद कँडेलको लेखन तथा निर्देशनमा तयार भएको सिनेमाका निर्माता श्रीधर पौडेल हुन् । पौडेलले यसअघि सिनेमा ‘गोपी’ निर्माण गरेका थिए ।

सिनेमामा सुरक्षा पन्त, कमलमणि नेपाल, अफरान अली, सुर्य शर्मा भट्ट, ईश्वरी सिंह, हीरालाल कँडेल, पवन श्रेष्ठ लगायतका कलाकारको अभिनय हेर्न सकिन्छ ।