‘बिहे पास’को शीर्ष गीत ‘मायाको बिहे पास’ सार्वजनीक

‘बिहे पास’को शीर्ष गीत ‘मायाको बिहे पास’ सार्वजनीक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी बैशाख १ अर्थात् नयाँ बर्षको अवसरमा प्रदर्शनमा आउने सिनेमा ‘बिहे पास’ को शीर्ष गीत ‘मायाको बिहे पास..’ शुक्रबार सार्वजनीक गरिएको छ । प्रताप दासको स्वर, बिष्णु भण्डारीको शब्द रचना र सरोज पोखरेलको संगीत रहेको गीत इन्टरनेटमार्फत दर्शकमाझ ल्याइएको हो ।

सिनेमाको मुख्य बिषय र भाव प्रस्तुत गरिएको गीतमा दयाहाङ राई र प्रकृति श्रेष्ठलगायतका अधिकांश कलाकारलाई देख्न सकिन्छ । गीतको सम्पादन र भिएफएक्स समीर मियाँले गरेका हुन । सेन्सर बोर्डबाट युनीभर्सल सर्टिफिकेट प्राप्त सिनेमालाई प्रबेश पौडेलले निर्देशन गरेका हुन भने प्रस्तुतकर्तामा रोहित कटेल र कार्यकारी निर्मातामा रत्न श्रेष्ठ छन् ।

सिनेमाको सार्वजनिक पोस्टर र टिजरबाटै दर्शकको चासो र प्रतिक्षामा रहेको सिनेमामा दयाहाङ र प्रकृतिका अलवा श्याम राई, बिशाल पहाडी, बुद्धि तामाङ, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, नवीन शेरचन, उमा बानियाँ र प्रकाश भुजेलले अभिनय गरेका छन् ।

शिब ढकालले खिचेको सिनेमालाई मित्र गुरुङले सम्पादन गरेका हुन् । रामजी लामीछानकोको कोरियोग्राफी रहेको सिनेमाको कथा मर्रे केर, आकाश बराल र सजन काफ्लले लेखेका हुन भने पटकथा आकाश र सजनले लेखेका हुन् । सिनेमाको निर्मातामा रोजन श्रेष्ठ तथा सह-निर्मातामा ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन छन् ।

पूर्वी नेपालका बिभिन्न स्थलमा खिचिएको सिनेमाको यसअघि सार्वजनीक रोमान्टिक गीत ‘खाली छैन मेरो मुटु’ले दर्शकको मन जितिसकेको छ । आरआर फिल्म प्रोडक्शनले निर्माण गरेको सिनेमाको बितरण पनि आरआर फिल्मले नै गर्दैछ ।