मुकुन र मेनुका अभिनित ‘गणपति’को टिजर रिलिज

मुकुन र मेनुका अभिनित ‘गणपति’को टिजर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता मुकुन भुषाल र अभिनेत्री मेनुका प्रधानको मुख्य भुमिका रहेको सिनेमा ‘गणपति’को टिजर सार्वजनिक भएको छ । भगवान र भौतिक रुपमै पृथ्वीमा उपस्थित मानिसबीचको आस्थालाई फरक देखाउने सिनेमाको टिजरमा सम्पुर्ण कलाकारलाई स्थान दिइएको छ ।

टिजरमा एक व्यक्तिको अस्वभाविक रुपमा जन्म, बाल्यकाल र युवाअवस्थाको उतारचढावलाई देखाइएको छ । बच्चा जन्मेपछि खुशी मनाउँदै भजनकृतन गरिएको टिजरमा देखाइएको छ भने बाल्यकालको प्रेम र युवाअवस्थाको आक्रोशलाई पनि टिजरमा देख्न सकिन्छ ।

सबिन अधिकारीले निर्देशन गरेको सिनेमामा कविता न्यौपाने, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु, शुशील पोखरेल लगायतको अभिनय रहेको छ ।

निर्देशक अधिकारीले ‘गणपति’ले हाम्रो समाजको चरित्र चित्रण गर्ने बताए । उनले कोहि व्यक्ति कुनैबेला त्यहि समाजको भगवान बन्ने र उहि व्यक्तिलाई हाम्रै समाजले कसरी नरकीय व्यवहार गर्छ भन्ने सिनेमामा प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ ।

‘गणपति’ नाम धार्मिक सुनिए पनि सिनेमामा कुनै पनि धर्मको विरोध वा प्रचार नगरिएको निर्देशक अधिकारीले बताउँछन् । सिनेमामा अभिनेता भुषाल टाइटल क्यारेटरमा छन् । ‘गणपति’मा आफूलाई दर्शकले अहिलेसम्मकै भिन्न भूमिकामा देख्न पाउने भुषालको दाबी छ ।

सिनेमाको सम्पूर्ण छायांकन तनहुँको बन्दीपुर गाउँपालिका थारुवासमा भएको हो । एबिगम्यान फिल्मसको ब्यानरमा लक्ष्मण थापाले निर्माण गरेको सिनेमामा हरिबहादुर घले खिचेका हुन् । अनिस अधिकारीले शब्द तथा संगीत सिनेमको गीतमा अनिस अधिकारी र देवेन्द्र बब्लुको स्वर सुन्न सकिन्छ ।