धिरज र जसिताको ‘ज्याकी : आई एम ट्वान्टी वान’को ट्रेलर रिलिज

धिरज र जसिताको ‘ज्याकी : आई एम ट्वान्टी वान’को ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – रेनाशा राई राणा निर्देशित डान्स ड्रामा सिनेमा ‘ज्याकी : आई एम ट्वान्टी वान’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार नयाँ वर्षको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा अभिनेता धिरज मगर र अभिनेत्री जसिता गुरुङले सफल डान्सर बन्न गरेको संघर्षलाई देखाइएको छ ।

उनीहरुले नृत्यमा गरेको मिहिनेत ट्रेलरमा देखिन्छ । धिरजले निर्वाह गरेको ज्याकी पात्र पिताको सपना पूरा गर्न ब्रिटिस आर्मी बन्न खोजिरहेको छ । तर, उसको सपना डान्सर बन्ने छ । उसले आफ्नै सपना पूरा गर्ने अठोट लिएपछि आउने उतार-चढावलाई ट्रेलरमा चित्रण गरिएको छ । जसिताले निर्वाह गरेको रुबी पात्रलाई भने जसरी भए पनि डान्स कम्पिटिसनको उपाधि जित्नु छ ।

ज्याकी र रुबीबीचको प्रेमलाई पनि ट्रेलरमा देखाइएको छ । आगामी बैशाख २१ गतेदेखि प्रदर्शनमा आउन लागेको सिनेमामा अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजु भुजु, सुजता राई, सूर्यमान लिम्बु, विकास जोशी, रिजोन परियार, सुशान्त गौतमको पनि अभिनय छ । सिनेमाका लागि धिरज र जसिताले एक वर्षभन्दा लामो समय डान्सको तालिम लिएका थिए ।

धिरजले त आर्मीको तालिम पनि झन्डै एक वर्ष लिएका थिए । आइकोर फिल्म्सको ब्यानरमा प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबरा निर्माता रहेको सिनेमामा रोहित शाक्य र कालिप्रसाद बाँस्कोटाको संगीत, सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर र गीतमा द वाइल्र्ड रिप्पर्ज क्रुको कोरियोग्राफी छ ।