‘बुलाकी’को गीत ‘यो खास्टो मायाको’ रोमान्टिक सुरक्षा र बिराज

‘बुलाकी’को गीत ‘यो खास्टो मायाको’ रोमान्टिक सुरक्षा र बिराज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘बुलाकी’को गीत ‘यो खास्टो मायाको’ बोलको गीत रिलिज गरिएकोे छ । शनिबार इन्टरनेटमा रिलिज गरिएको गीतमा अभिनेत्री सुरक्षा पन्त र डेव्यु अभिनेता बिराज बिष्टलाई रोमान्टिक अवतारमा फिचर्ड गरिएको छ ।

सार्वजनिक गीतमा श्रीकृष्ण बम मल्लको शब्द तथा संगीत र शिव परियार र प्रविसा अधिकारीको स्वर सुन्न सकिन्छ । डोल्पाका रमणीय स्थानमा खिचिएको गीतमा निर्देशक लक्ष्मण सुनारको कोरियोग्राफी रहेको छ । गीतको भिडियो र अडियो औषत बनेको छ । प्रदर्शनको पहिलो दिन राम्रो ब्यापार गरेको सिनेमाले दोस्रो दिन शनिबारको व्यापार औषत छ ।

सिनेमा ‘बुलाकी’मा कर्णालीको ग्रामीण जीवन, रितिरिवाज, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने आरोह अबरोहलाई प्रस्तुत गरिएको छ । रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनवहादर राई, लक्ष्मण देवकोटा, बसन्त उदास, सोनु सेढाइका अलवा प्रकाश कँडेल र सरस्वती खत्रीले ‘बुलाकी’बाट नेपाली सिनेमा क्षेत्रमा डेव्यु गर्दैछन् ।

छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा स्व.मोति बिष्टको प्रस्तुति रहेको सिनेमा शिब ढकालले खिचेका हुन् । अर्जुन जिसीले सम्पादन गरेको सिनेमामा राज बहादुर सानेको कथा, राजबहादुर साने, निर्मल पौडेल र निर्देशक सुनार तथा अभिनेता बिष्ट पटकथा तथा संवाद रहेको छ ।

लक्ष्मण सुनारको निर्देशन रहेको सिनेमाको छायांकन डोल्पा, जाजारकोट र रुकुम पश्चिमका रमणीय स्थानमा खिचिएका छ । यो निर्देशक सुनारको डेव्यु निर्देशकिय सिनेमा हो । सिनेमाको बितरण त्रिनेत्रन् र एफडी गर्दैछन् ।