नवल खड्का निर्देशित ‘काँडेतार’को शिर्ष गीत रिलिज

नवल खड्का निर्देशित ‘काँडेतार’को शिर्ष गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शनिबार सिनेमा ‘काँडेतार’को पहिलो गीत सार्वजनिक गरिएको छ । काँडेतारलाई सीमा तहलेदारको रुपमा परिभाषित गरेर रिलिज गरिएको शीर्ष गीतमा सत्यकला राई, राजेशपायल राई र जे पापीको स्वर छ । मणी थापाको संगीत र मिलन कान्छा किरातीको शब्द रहेको गीतले देशको भूगोल र सार्वभौमसत्ता रक्षाका लागि नेपाल-भारत सीमामा काँडेतार लगाउनुपर्ने मुद्धा उठाएको छ ।

नवल खड्काद्वारा निर्देशित सिनेमामा गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरी, बाल कलाकारहरु नादिया खड्का, सनया खड्काको साथमा स्वयंम निर्देशक खड्काको अभिनय छ । निर्देशक नवलले नै निर्माण गरेको सिनेमामा श्री श्रेष्ठको द्वन्द्व निर्देशन र कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

मणि थापा र दीपक शर्माको संगीत रहेको ‘काँडेतार’ छायांकन सौरभ लामाले गरेका हुन् । तारा थापा ‘किम्भे’ र बन्दे प्रसादको सम्पादन रहेको सिनेमामा माकिको राई र अञ्जु केसी निर्माताको रुपमा छन् । निर्देशक नवलकी श्रीमती तथा गायिका सत्यकला राई सिनेमाको कार्यकारी निर्माता हुन् । यसअघि टिजर पनि सार्वजनिक गरिएको सिनेमाको हादसम्म प्रदर्शन मिति भने घोषणा गरिएको छैन ।