दयाहाङ र मिरुना अभिनित ‘जारी’को दोस्रो गीत ‘रीत’ सार्वजनिक

दयाहाङ र मिरुना अभिनित ‘जारी’को दोस्रो गीत ‘रीत’ सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मिरुना मगर अभिनित सिनेमा ‘जारी’को दोस्रो गीत सार्वजनिक भएको छ । सोमबार इन्टरनेटमा रिलिज भएको ‘रीत’ बोलको गीतमा मनोज थापामगरको संगीत तथा हर्क साउँदको शब्द रचना र संगीतकार थापामगर र सुनिता थेगिमको स्वर रहेको छ ।

बक्सअफिस बम्पर व्यापार गरिरहेको सिनेमा सार्वजनिक गीतमा दयाहाङ र मिरुनालाई फिचर्ड गरिएको छ । गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा हेर्न हलमा दर्शकको अहिले पनि उस्तै चाप छ । जारी प्रथामा आधारित रहेको सिनेमामा लिम्बु संस्कृति र भेषभुषा पनि झल्किन्छ ।

ब्लकबस्टर सिनेमा ‘कबड्डी ४’ पछि दयाहाङ र मिरुनाले ‘जारी’मा सहकार्य गरेका हुन् । सिनेमामा रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुस्कर गुरुङ, कमलमणि नेपाल, उपसंग्बा नेम्बाङ, सीताकुमारी तुम्बापो, पन्थक ठुले लगायतका कलाकारको अभिनय छ ।

सिनेमामा उपेन्द्र सुब्बाको लेखन तथा सुरेश नियोङ लिम्बुको कन्सेप्टमा निर्माण भएको सिनेमामा झुमा लिम्बु र गंगा थापाको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ । सिनेमाका निर्माता सफल निर्देशक रामबाबु गुरुङ हुन् ।

बाँसुरी फिल्मस्को प्रस्तुती र कबड्डी फिल्मस्को सहकार्य निर्माण भएको सिनेमामा शृजना निङलेकु, मनोरथ पोखरेल, अल्बिन लिम्बु, पीटर गुरुङ, देवयानी राई र क्षितिज लिम्बुको सह-निर्माताको रुपमा रहेका छन् ।