‘कैदीको पत्र’को गीत ‘घरै बसु पिरै पिर हो’ सार्वजनिक

‘कैदीको पत्र’को गीत ‘घरै बसु पिरै पिर हो’ सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी बैशाख १५ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘कैदीको पत्र’को गीत ‘घरै बसु पिरै पिर हो’ सार्वजनिक भएको छ । सिनेमाको सार्वजनिक गीतमा मुख्य कलाकारहरु पृथ्वीराज खत्री, कुनाल विश्व र ब्रिटिश अभिनेत्री म्याडिसन लाजारस फिचर्ड छन् । गीतमा सनम कुमार बैरागको शब्द रचना तथा बिनम्र कर्माचार्यको संगीत र अभिषेक कार्कीको स्वर रहेको छ ।

स्कटल्याण्डमा सम्पूर्ण छायांकन भएको सिनेमालाई सनम कुमार बैरागले निर्देशन गरेका हुन् । प्रेम र रोमान्सको कथामा निर्माण भएको सिनेमाले जीवनमा पाएको खुसीलाई सम्हाल्न नसक्दा मानिसले व्यहोर्नुपर्ने उतार चढाव र भोग्नुपर्ने कठिनाइलाई चित्रण गरेको निर्देशक बैरागले बताए । सिनेमामा समावेश सबै गीतमा शब्द रचना तथा पटकथा र संवाद पनि निर्देशक बैरागले नै तयार पारेका हुन् ।

साहित्यकार स्वर्गिय ईश्वर मानन्धरले लेखेको कथा कैदीको पत्रमा आधारित रहेर सिनेमा निर्माण गरिएको हो । सिनेमामा कुनाल विश्व र ब्रिटिश अभिनेत्री म्याडिसन लाजारस, सलिना थापा मगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनिष श्रेष्ठ, सुस्मिता थापा, क्यारी डोड्स, किरण कार्की, चरण प्रधान, बिजेता श्रेष्ठ, फौस्तास तलग्का, लारेनवेस्टबरी, तपस्या शिवाकोटी लगायतका नेपाली तथा ब्रिटिश कलाकारको अभिनय छ ।

दिल घले, नानी बैराग, कैलाश बिश्वकर्मा र हिराल जोशी सिनेमा निर्माता हुन् । रामशरण कोइरालाको मुख्य सहायक निर्देशन, रामेश्वर कार्कीको छायांकन, अर्जुन जीसीको सम्पादन र यासिन एनचौबीको रंग संयोजन, सेन्चुरी र विनम्र कर्माचार्यको संगीत रहेको छ ।