सुटिङ रिपोर्ट :- मृगस्थलीमा भष्मे डन

सुटिङ रिपोर्ट :- मृगस्थलीमा भष्मे डन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गत मंगलबार पशुपतिनाथको मन्दिर पारिपट्टी मृगस्थली पुग्दा गीतको छायांकन भइरहेको थियो गीतमा थिए भष्मे डन अर्थात् विपिन कार्की भष्मे डनको भन्दा भिन्न गेटमा थिए विपिन दर्जनौँ कोरसका बीचमा बसेर उनी नृत्यको स्टेप दिइरहेका थिए ठूलो स्वरमा बजिरहेको गीतमा लिप्सिङसँगै बसेर स्टेप दिरहेका थिए

गीतको छायांकन हो तर, त्यो गीत थियो- पशुपतिप्रसाद   भष्मे डनको त्यसैले त्यो गीतमा विपिन कार्की थिए !

विपिनलाई छायांकनस्थलमा देखेका उक्त क्षेत्र पुगेका सर्वसाधारण टक्क रोकिएर उनलाई नियाली रहेका थिए उनीहरूलाई लाग्दो हो- भष्मेडनसँग एक सेल्फी हान्दिऊँ , समाजिक सञ्जाल फेसबुक इन्टामा पोष्टि दिहालौं

तर, उनलाई भेट्न नदिन पहरा दिइरहेको थिए – ग्रूप फोरको सेकुरिटीले सिनेमाको भिलेन भष्मे डन होला फोटो खिच्न चाहने सर्वसाधारणका लागि भिलेन बनिरहेको थियो- ग्रुप फोर सेक्युरिटी

खैर, यो प्रसंग यतै बिट मारौं तर, निसन्देह भष्मे डन सेलिब्रेटी हुन् उनका लाखौँ फ्यान छन् त्यसमध्ये पनि कति डाइहार्ट फ्यान होलान्

भष्मे डनको गीत छायांकन भइरहेको बाँयातर्फ एउटा बिल्डिङको कम्पाउण्डको गेटमा थिए, ग्रुप फोरका एक सेक्युरिटी निर्माण पक्षसँग अनुमति लिएर उसले पंक्तिकारलाई बल्ल भित्र जान दिए  भित्र देखिइन् हिरोइन् आँचल शर्मा सँगै थिए उनका को-एक्टर 

नाच्ने सिक्वेन्स विपिनको रहेकाले त्यसैले आँचल उनका को-एक्टर विश्राममा थिए प्लाष्टिकको कुर्सीमा बसेर  गफिरहेका थिए के थियो गफको टपिक ?

के हुनु दाइ सिनेमा ¥यो, तनाव नि !’, आँचल बोलिन् त्यही दिन दिउँसो आँचल अभिनीत विकासराज आचार्यकृत सिनेमानाई नभन्नू ल-को प्रदर्शन मिति सरेको थियो रिलिजको दुई दिन अगाडि सिनेमा सरेको थियो निर्माताको पैसाको लफडाका कारण चलचित्र विकास बोर्डले ढिलो सेन्सर सिफारिस गर्दा सिनेमाको रिलिज डेट सरेको होनिर्माण पक्षले कारण बतायो

नाई नभन्नू आफैँमा ब्राण्ड बोकेको सिनेमा हो तर, यसपटक यसको हाइप सोचे जस्तो थिएन भलै निर्माण पक्ष यसलाई स्वीकार्न तयार छैन

के हुन्छ दाइ अब ?’ आँचल जिज्ञासा राखिरहेकी थिइन् अनुहारमा कौतुहलता थियो, अब के होला भन्ने अनि आफैँ भन्दै थिइन्, ‘जेहुन्छ, राम्रैका लागि हुन्छ है, अब पब्लिसिटीको समय पाइयो सिनेमा आउँदैछ भनेर जानकारी नपाएका दर्शकसम्म पुग्ने समय भयो निर्माण पक्षलेनाई नभन्नू ल-अब यही वैशाख १५ गते आउने बताएको

आँचल गफि रहेकी थिइन् कम्पाउण्ड वालको प्वालबाट चिहाएर हेर्नेहरूको घुइँचो थियो उनी बेलाबेला कम्पाउण्ड वालको प्वालबाटआफूलाई चिहाएर हेर्नेहरूलाई हात हल्लाएरहाईभनिरहेकी थिइन् यो क्रम लामै चल्यो

नृत्यको ड्रेसमै रहेकी उनलाई स्पट व्वाई बोलाउन आए भने- तपाईंको सुट सुरु हुन लाग्यो, आउनूस् रे !

मेरो मेकअप ठिक ?’ आँचलले मेकअप आर्टिस्टलाई सोधिन् ठिक भनेपछि उनी लागिन्- सेटतर्फ

सेटतर्फ जाँदा उनी भन्दै थिइन्- ‘आज यो ड्रेसको काम चाहीँ सक्नु ¥यो

नसकिए, भोलि पनि लगाउने,’ सायद ड्रेस डिजाइनर थिए बोल्ने

गीतको छायांकन भएकाले होला सायद, दीपेन्द्र कुमार खनाल केही फुर्सदिला थिए किन भने गीत प्रायः कोरियोग्राफरले हेर्छ त्यसैले दीपेन्द्रलाई केही आराम मिलेको थियो कम्पाउण्डको ठूलो रुखको छहारीमा उनी छत्रे टोपी लगाएर बसिरहेका थिए परबाट देख्दै लाग्थे उनी निर्देशकजस्ता नेपाली समाजमा छत्रे टोपी लगाएर ठूलो क्यामेरा अगाडि बसेको बिम्ब , सिनेमा निर्देशकको

फुर्सलादिला थिए, एकछिन गफिए दीपेन्द्र पनि सिनेमाको कथाको थोरबहुत कुरा गरे यसपटकको स्क्रिप्ट लेखनको फरक अनुभव सुनाए स्क्रिप्ट नै सिनेमाको मेरुदण्ड भएको यथार्थ भुल्न नहुने सुनाए अनि पो बल्ल सिनेमा बलियो हुन्छ, आम दर्शकलाई मन पर्नेहुन्छ,’ उनले निष्कर्ष सुनाए

दीपेन्द्रले सिनेमा खिच्दाको सकस सुनाए स्टारलाई भिडबाट जोगाएर सिनेमा खिच्दा हुने कठिनता सुनाए तर, त्यसैभित्र रहेको रोमाञ्चकता सम्भावित सफलता सुनाए अनि सुनाए- भष्मे डनको स्टारडम जुन उनले पशुपतिमा देखे

दीपेन्द्र कुमार खानालले निर्देशन गरिरहेको सिनेमालाई खगेन्द्र लामिछानेले लेखेका हुन् निर्माता पनि खगेन्द्र दीपेन्द्र स्वयं हुन् सिनेमामा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल,  प्रकाश घिमिरे, मिश्री थापा, साजन थापालगायत कलाकारकोअभिनय रहेको

पशुपतिप्रसाद- भष्मे डनयही दसैंमा रिलिज हुँदै सिनेमा घोषणा लगत्तै वर्षकै प्रतिक्षित सिनेमा बनेको

>~दिनेस सिटौला ~<