मातातीर्थ औंसीको अवसरमा ‘गणपती’को गीत ‘ए मेरी आमा’ रिलिज

मातातीर्थ औंसीको अवसरमा ‘गणपती’को गीत ‘ए मेरी आमा’ रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी जेष्ठ ५ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘गणपती’को मातातीर्थ औंसीको अवसर पारेर ‘ए मेरी आमा’ बोलको गीत रिलिज भएको छ । सार्वजनिक गीत छोटो भर्सनमा सिनेमाका केहि संवादसहित रिलिज गरिएको हो ।

‘गणपती’को सार्वजनिक गीतमा मुख्य अभिनेता मुकुन भुषाल र आमाको चरित्र निर्वाह गरेकी सुर्यमाला खनाल बीचको सम्बन्धलाई देखाइएको छ । सिनेमाको गीतको शब्द रचना तथा संगीत निर्देशक अधिकारीको नै रहेको छ । सार्वजनिक गीतमा प्रविन बेडुवालको स्वर सुन्न सकिन्छ ।

‘गणपति’ले हाम्रो समाजको चरित्र चित्रण गर्ने बताउँदै कोहि व्यक्ति कुनैबेला त्यहि समाजको भगवान बन्ने र उहि व्यक्तिलाई हाम्रै समाजले कसरी नरकीय व्यवहार गर्छ भन्ने सिनेमाको कथासार रहेको निर्माण टिमले जनाएको छ ।

सिनेमा मुकुन र मेनुकाको अलवा कविता न्यौपाने, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु, शुशील पोखरेल लगायतका कलाकारको अभिनय रहेको छ ।

निर्माता लक्ष्मण थापाले सिनेमाले आस्थाको रुपमा रहेका भगवान र भौतिक रुपमै पृथ्वीमा उपस्थित मानिसबीचको फरक देखाउने बताए । एबिगम्यान फिल्मसको ब्यानरमा नर्माण भएको सिनेमामा हरिबहादुर घलेको छायांकन रहेको छ ।