‘नाई नभन्नु ल ६’को बाल गीत ‘कबाट कछुवा’ रिलिज

‘नाई नभन्नु ल ६’को बाल गीत ‘कबाट कछुवा’ रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी बैशाख १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘नाई नभन्नु ल ६’को बाल गीत रिलिज गरिएको छ । ‘कबाट कछुवा’ बोलको गीतमा अभिनेत्री प्रियंका कार्कीका अलवा बाल कलाकार अर्थव उप्रेती र एभिलिना खड्कालाई फिचर्ड गरिएको छ ।

सार्वजनिक गीतमा डाक्टर सुबोध कुमार पोखरेलको शब्द रचना तथा भुपेन्द्र रायमाझिको संगीत रहेको गीतमा बेनिशा पौडेलकको स्वर सुन्न सकिन्छ । कविराज गहतराजको कोरियोग्राफी रहेको सिनेमाको गीतलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।

सिनेमामा आशिर्वाद क्षेत्री, आँचल शर्मा, केकी अधिकारी, प्रियंका कार्की, सरोज खनाल, योगीशा खत्री र एञ्जल राईको पनि मुख्य भूमिका छ । ‘नाई नभन्नू ल’ सिरिजको पर्यायझैं बनेका अनुभव रेग्मी भने यस पटक बिशेष भूमिकामा देखिनेछन् । सिनेमालाई निर्देशक आचार्य, सामीप्यराज तिमल्सिना र अरुणदेव जोशीले लेखेका हुन् ।

आख्यान फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमाको निर्मातामा विकासराज आचार्य र विष्णुमणि दाहाल छन् भने सञ्जय न्यौपाने, रमेश चौधरी, पुरुषोत्तम प्रधान कार्यकारी निर्माता हुन् । सिनेमामा हिमाल केसीको द्वन्द्व निर्देशन, पुरुषोत्तम प्रधानको छायांकन, सन्देश शाहको सम्पादन, एलिस कार्कीको ब्याकग्राउन्ड स्कोर, कविराज गहतराज र मनोज विश्वकर्माको कोरियोग्राफी रहेको छ ।